‘नो नट अगेन’को पक्षमा सर्वाेच्चको अन्तरिम आदेश

विराटनगर, २४ कात्तिक । सर्वाेच्च अदालतले सामाजिक सञ्जालमा सञ्चालित नो नट अगेन अभियानलाई कारबाही अघि नबढाउन यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । बिहीबार न्यायाधीशहरु सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले यसअघि २० कात्तिकमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । उम्मेदवारविरुद्ध लाञ्छनायुक्त अभिव्यक्ति दिएको भन्दै […]

विराटनगर–८ का ज्येष्ठ नागरिकको घरघरमै पुगेर स्वास्थ्य जाँच

विराटनगर २४ कात्तिक । विराटनगर महानगरपालिका वडा नम्बर ८ ले ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य जाँच सुरु गरेको छ । वडाले बिहीबारदेखि घरघरमै पुगेर वडाभित्रका ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच सुरु गरेको हो । स्वास्थ्य स्वयम्सेविकाहरुमार्फत ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच सुरु गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । ज्येष्ठ नागरिकको सुगर, प्रेसरलगायत जाँच गरिएको छ । स्वास्थ्य […]

मोरङ ४ (ख) का उम्मेदवार घिमिरेको चुनावी अभियान आक्रामक बन्दै

विराटनगर २१ कात्तिक । मोरङ ४ (ख) का एमाले उम्मेदवार जीवन घिमिरेले निर्वाचन क्षेत्रमा चुनावी अभियान आक्रामक बनाएका छन् । विराटनगरका १, २, ३, ८, १०, कटहरीका १, २ र ३ मा घरदैलो, टोलभेला तथा मतदाता भेटघाटलाई तीव्र पारेका हुन ।एमाले उम्मेदवार घिमिरे मतदाताका घर–घरमा पुग्दा छुट्टै उत्साह दिने गरेका छन् । प्रदेशका मन्त्री भएकाबेला […]

विराटनगर ८ मा मापदण्ड विपरितका संरचना हटाउन शुरु

विराटनगर, २० कात्तिक । विराटनगर ८ मा सडक मापदण्ड विपरितका संरचना हटाउन शुरु गरिएको छ । वडामा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछिसडक विस्तारको कार्य अघि बढाइएको वडाध्यक्ष राम पोखरेलले बताउनुभयो । १० फिट चौडाईको बाँके बिहारी मार्गलाई नालासहित २० फिटमा स्तरोन्नति गर्ने तयारी रहेको पोखरेलले बताउनुभयो ।मापदण्ड अनुरुप सडक विस्तारका लागि हाल रेखाङ्कनभित्र परेका संरचनाहरू […]

विराटनगरलाई आर्थिक राजधानीमा रुपान्तरण गर्न एमाले प्रतिबद्ध : एमाले नेता घिमिरे

विराटनगर, १९ कात्तिक । मोरङ क्षेत्र नं. ४ (ख) का एमाले उम्मेदवार जीवन घिमिरेले विराटनगरलाई प्रदेश १ को आर्थिक क्षेत्रको राजधानीमा रुपान्तरण गर्न एमाले प्रतिबद्ध रहेको बताउनु भएको छ । एमाले नेतृत्वको सरकार बनेपछि विराटनगरमा आर्थिक गतिविधिहरु चलायमान हुने घिमिरेले बताउनुभयो । नेकपा एमाले प्रदेश कमिटीले तयार गरेको प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा एमाले केन्द्रीय सदस्य […]