विराटनगर ३१ साउन । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीको आगामी महाधिवेशन समयमा नै सम्पन्न गर्न नेतृत्वलाई दबाव दिनुपर्ने बताउनु भएको छ । कांग्रेस जिल्ला कार्यसमितिले सोलुखुम्वुले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कोइरालाले कांग्रेसको महाधिवेशन समयमा नै हुन नसके पार्टी कमजोर हुने र पार्टी कमजोर भए लोकतन्त्र नै कमजोर हुने भएकाले समयमा नै आगामी महाधिवेशन […]
विराटनगर ३१ साउन । नेपाल पत्रकार महासंघ मोरङले कोशराज रेग्मी राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार तिर्थ कोइरालालाई प्रदान गर्ने भएको छ । नेपाल प्रेस इन्ष्टिच्युटका अध्यक्ष तथा न्युज २४ का प्रधानसम्पादक कोइरालालाई कोशराज रेग्मी राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने महासंघले निर्णय गरेको हो । पुरस्कारको राशी २५ हजार रहेको छ । सो पुरस्कार आगामी भदौ ७ […]
विराटनगर ३० साउन । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौं […]
विराटनगर ३० साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पूर्व राष्ट्रपतिलाई सम्मानित रुपमा व्यवहार गर्नुपर्ने बताउनुभएको छ । आज धनकुटामा अखिल नेपाल महिला सङ्घले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले पूर्व राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउन नहुने चर्चा गर्दै उहाँलाई सम्मानित व्यवहार गरेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । राष्ट्रको प्रमुख भइसकेको व्यक्ति राजनीतिमा […]
विराटनगर ३० साउन । प्रेस चौतारी विराटनगर महानगर कमिटी गठन गरिएको छ । आज विराटनगरमा भएको भेलाले निशान्त ढुङ्गानाको अध्यक्षतामा ७ सदस्यीय महानगर कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा रश्मी थापा, सचिवमा रोशन पोखरेल र कोषाध्यक्षमा सम्झना कार्की रहनु भएको छ । महानगर कमिटीको सदस्यहरुमा सुजाता राई, राम खत्री र काजल देव रहेको प्रेस […]