मेयर कोइराला र युरोपियन युनियनको टोलीबीच भेटवार्ता

विराटनगर ३० असोज । विराटनगर महानगरपालिका मेयर नागेश कोइराला र युरोपियन युनियन (ईयू)को टोलीबीच आज भेटवार्ता भएको छ । डा. जोइले हिभोनेटको नेतृत्वमा आएको टोलीले मेयर कोइरालासित भेटवार्ता गरेको हो । ईयूको टोलीले महानगरमा बालश्रम, मानवअधिकार र भौतिक विकासको अवस्था विषयमा चासो राखेको थियो । सो भेटमा महानगरका मेयर कोइरालाले विराटनगर महानगरपालिकाले बालश्रम न्यूनीकरणका लागि […]

जेसीज सप्ताह मनाउँदै विराटनगर जेसीज

विराटनगर, ३० असोज । विराटनगर जेसीजले जेसीज सप्ताह कात्तिक १ गते मंगलबार देखि शुरु गर्दै छ । विगत वर्षहरु झै यस वर्ष पनि विविध कार्यक्रमहरु समेटेर जेसीज सप्ताह शुरु गर्न लागिएको आज विराटनगरमा पत्रकार सम्मेलन गरि जानकारी दिईएको छ । सप्ताह अन्र्तगत कात्तिक १ देखि कात्तिक ५ गते सम्म विविध कार्यक्रमहरु गरिने विराटनगर जेसीजका अध्यक्ष […]

समाजसेवी दिनबन्धु गोयलको विराटनगरमा भव्य अभिनन्दन

विराटनगर २९ असोज । विराटनगरका प्रतिष्ठित उद्योगी एवं समाजसेवी दीनबन्धु गोयललाई नागरिक अभिनन्दन गरिएको छ । शुक्रबार विराटनगरमा समाजसेवी दिनबन्धु गोयल नागरिक अभिनन्दन समारोह समितिले गोयललाई अभिनन्दन गरेको हो । पूर्वराष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यतामा एक दशकदेखि सामाजिक क्षेत्रमा क्रियाशिल रहेका गोयललाई सम्मान गरिएको हो । सोही अवसरमा विभिन्न क्षेत्रका ३ सयभन्दा बढी संघसंस्थाले […]

बडा दशैंको आठौं दिन आज महाष्टमी पर्व

विराटनगर, १७ असोज । बडा दशैंको आठौं दिन आज महाष्टमी पर्व । आज हिन्दुहरुले दुर्गाभवानीको विशेष पूजाराधना गरी महाअष्टमी पर्व भव्य रुपमा मनाउँदै छन । बडादसैंको आठौं दिन आज महाकाली, महालक्ष्मी , महासरस्वती र महागौरीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । आजको दिन […]

माइती नेपालले गठन गरेको वडास्तरिय सञ्जाल समूह प्रभावकारी बन्दै

विराटनगर, १३ असोज । मानव बेचविखन तथा नियन्त्रणका लागि माइती नेपालले गठन गरेको वडास्तरिय सञ्जाल समूह प्रभावकारी बन्दै गएको छ । विराटनगर १३, १५ र १६ मा गठन गरिएको सञ्जाल समूहले स्थानीय स्तरमा मानव वेचविखन तथा नियन्त्रणका लागि सचेतनामुलक कामका साथै लैगिंक हिंसा नियन्त्रणको काम पनि गर्दै आएको सञ्जाल संयोजकहरुले बताएका छन् । मानव वेचविखन […]