आज प्रणय दिवस, विश्वभर प्रेम साटासाट गरी मनाइँदै

विराटनगर २ फागुन । आज १४ फेब्रुअरी, प्रणय दिवस विश्वभर आपसमा उपहार साटासाट गरी मनाइँदैछ । प्रणय दिवसको अवसरमा परिवार साथिभाइहरुलाई विभिन्न उपहार प्रदान गरी प्रेम सद्भाव साटासाट गर्ने प्रचलन रहेको छ । विशेषगरी यस दिवसमा गुलावको फूल उपहार दिएर प्रेम आदान प्रदान गर्ने गरिएको छ । युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा नयाँ प्रेमी […]

माओवादीका नाममा चन्दा आतंक मच्चाउने गिरोह पक्राउ

विराटनगर १ फागुन । पूर्वी तराईमा माओवादीका नाममा चन्दा आतंक मच्चाउने गिरोह मोरङबाट पक्राउ परेको छ । माओवादीको नाममा नयाँ समूह खडा गरेर मोरङ, झापा र सुनसरीका निजी विद्यालयमा चन्दा असुली गर्ने गिरोहका २ जना पक्राउ परेका हुन् । पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (माओवादी) महावीर नाम दिएर नयाँ भूमिगत संगठन खडा गरी चन्दा आतंक […]

सुनसरीबाट १ करोड ८२ लाख ५१ हजारवटा नक्कली नोट बरामद

इनरुवा २९ माघ । प्रहरीले सुनसरीबाट १ करोड ८२ लाख ५१ हजारवटा नक्कली नोट बरामद गरेको छ । नेपाली १ हजार दरका नक्कली नोटहरु बरामद भएको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए । उनका अनुसार भारतीय स्कोरपियो गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट आइतबार नोटहरु बरामद गरिएको हो […]

प्याब्सन स्पोट्स मिटको उपाधि पूर्वाञ्चल र सगरमाथालाई

विराटनगर २९ माघ । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको उपाधि मोरङको सुन्दरहरैचा नगरपालिका – ६ दुलारीमा रहेको पूर्वाञ्चल एकेडेमी र विराटनगरको सगरमाथा स्कुलले जितेको छ । आइतबार राती सम्पन्न भएको प्रतियोगितामा जुनियरतर्फ पूर्वाञ्चल र सिनियरतर्फ सगरमाथा स्कुलले उपाधि जितेको हो । जुनियरतर्फ साविक विजेता पूर्वाञ्चलले १० स्वर्ण, ५ रजतसहित ६५ अंक ल्याएर प्याब्सन स्पोर्ट्स […]

स्मृति, लिजा र युआना भए शिक्षादीप सिंगिङ एण्ड डान्सिङ्ग स्टार

विराटनगर २८ माघ । विराटनगरस्थित शिक्षादीप स्कुलमा सिंगिङ स्टार र डान्सिङ स्टार आइडल आयोजना भएको छ । स्कुल परिसरमा आइतबार सो आइडल भएको हो । शिक्षादीप सिंगिङ स्टारको प्रथम स्मृति श्रेष्ठ, द्धितीय हिना यादव र तृतीय सन्देश मिश्र भए । यसैगरी शिक्षादीप डान्सिङ स्टार जुनियरतर्फको प्रथम लिजा सहनी, द्धितीय सुहानिका पौडेल र तृतीय रितिका भट्टराई […]