प्रदेश १ : सभामुखको पुस २८ र उपसभामुखको पुस ३० गते निर्वाचनविराटनगर २४ पुस । प्रदेश १ को सभामुख चयनका लागि पुस २८ गते निर्वाचन हुने भएको छ । आईतबार जेष्ठ सदस्य गयानन्द मण्डलको अध्यक्षतामा बसेको सर्बदलिय बैठकले सभामुखको पुस २८ र उपसभामुखको पुस ३० गते निर्वाचन गर्ने निर्णय गरेको एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले […]
विराटनगर २२ पुस । विराटनगर महानगरपालिकाले पूर्ण खोप पालिका घोषणाका लागि पूर्वतयारी सुरु गरेको छ । महानगरको स्वास्थ्य महाशाखाले महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा शुक्रबार सरोकारवालासित पूर्ण खोप अभियानका विषयमा अन्तरक्रिया गरेको छ । विराटनगरलाई पूर्ण खोप घोषणा गर्ने तयारीका विषयमा महाशाखा प्रमुख हैदर अलीले जानकारी गराउनु भएको थियो । उहाँले महानगरपालिकाभित्र रहेका १६ देखि […]
इटहरी २२ पुस । प्रदेश १ मा नयाँ सरकार गठनको मिति नजिकिंदै जाँदा सरकारमा सहभागी हुने सांसदहरुको चर्चा सुरु भएको छ । सबैभन्दा ठूलो दल नेकपा एमालेबाट संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री बन्ने निश्चित झैं हुँदा मन्त्रिमण्डलमा सहभागी हुने अन्य सांसदहरु बारे चर्चा सुरु भएको हो । सांसदहरुले समेत विभिन्न माध्यमबाट मन्त्रिमण्डलमा सहभागिताका लागि […]
विराटनगर २२ पुस । विराटनगरको पार्किङ व्यवस्थापनका लागि महानगरले जग्गा खोजी तीव्र पारेको छ । यसक्रममा विराटनगर–७ महावीर रोड उत्तर र शनि मन्दिर दक्षिणबाट पूर्वमा रहेको जग्गामा पार्किङका लागि महानगरले सम्बन्धित जग्गाधनीसित सम्झौता गरेको छ । विराटनगर–७ निवासी शोभा मास्के प्रधान, केदारशक्ति मास्के र बद्रीशक्ति मास्केको नाममा रहेको ३ कठ्ठा ५ धुर जग्गा पार्किङका लागि […]
विराटनगर २२ पुस । प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले स्वास्थ्य मन्त्रालयले ११ महिनामा उपलब्धीमुलक कार्य गरेको बताउनु भएको छ । प्रदेश १ मा स्वास्थ्य मन्त्रालय स्थापना भएको ११ महिनाको अवधिमा उल्लेख्य कार्य गर्न सफल भएको उहाँको भनाई छ । मन्त्रालयहरुको हालै सम्पन्न समीक्षा कार्यक्रममा पनि स्वास्थ्य मन्त्रालय उत्कृष्ट बनेको मन्त्री यादवको भनाई छ […]