बाल संसारमा स्पोर्टस् मिट

विराटनगर २० पुस । विराटनगर ५ मा रहेको बाल संसार मन्टेश्वरीमा सप्ताहव्यापी स्पोर्टस् मिट सम्पन्न भएको छ । स्पोर्टस् मिटको अन्तिम दिन आज विभिन्न विधागत रुपमा प्रथम, दोश्रो र तेश्रो हुन विद्यार्थीहरुलाई मेडल सहित पुरस्कृत गरिएको प्रिन्सीपल खड्ग राईले जानकारी दिनुभयो । स्पोर्टस् मिटमा प्ले ग्रुप देखि कक्षा ५ सम्मका सम्पूर्ण विद्यार्थीले सहभागिता जनाएको उहाँले […]

नेपाल र भारत सरकारबीच विद्युत व्यापार सम्झौतामा हस्ताक्षर

विराटनगर १९ पुस । नेपाल र भारत सरकारबीच दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर भएको छ । बिहीबार मन्त्रालयमा आयोजित सचिवस्तरीय बैठकमा बिजुली किनबेचका लागि दीर्घकालीन सम्झौतामा हस्ताक्षर गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । सिंहदरबारमा नेपालका तर्फबाट ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारतका तर्फबाट भारतीय ऊर्जा सचिव पङ्कज अग्रवालले १० हजार मेगावाट बिजुली […]

कोशी प्रदेश सरकारको बेरुजू १ अर्ब ६४ करोड

विराटनगर १९ पुस । कोशी प्रदेश सरकारको बेरुजू १ अर्ब ६४ करोड पुगेको छ । आर्थिक वर्ष २०७९–८० मा प्रदेश सरकारको वेरुजू १ अर्ब ६४ करोड ६३ लाख १२ हजार पुगेको प्रदेश लेखा परीक्षक दामोदर खत्रीले बताउनुभयो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महालेखा परीक्षकको कार्यालयले आज आयोजना गरेको लेखा परीक्षण, बेरुजु फर्छ्यौट तथा सम्परीक्षण सम्बन्धी […]

विराटनगर १४ द्धारा एसईई उत्तीर्ण तीस छात्रालाई साईकल वितरण

विराटनगर १९ पुस । माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गर्ने ३० छात्रालाई विराटनगर महानगरपालिका १४ ले साईकल वितरण गरेको छ । छात्रालाई उच्च शिक्षा अध्ययनमा सहजता होस् भन्ने उद्देश्यले साईकल वितरण गरिएको वडाध्यक्ष सूर्यनारायण महतोले जानकारी दिनुभयो । उहाँका अनुसार वडास्तरीय बजेटबाट कार्यक्रम बनाइ साइकल वितरण गरिएको उहाँको भनाइ छ । एसईई उत्तीर्ण गरेर विभिन्न […]

मोरङका ६ वटा वडामा हात्तिपाईले रोगको सर्भे गरिने

विराटनगर १८ पुस । मोरङका ६ वटा वडामा हात्तिपाईले रोगको सर्भे गरिने भएको छ । ६ वटा वडालाई तीनवटा ब्लकमा राखेर सर्भेको तयारी गरिएको मंगलबार आयोजित जिल्ला स्तरीय अभिमुखिकरण कार्यक्रममा जानकारी दिईएको हो । ब्लक ‘ए’ मा सुन्दरहरैचा–५ र केराबारी–६, ब्लक ‘वी’ मा पथरीशनिश्चरे ६ र रतुवामाई ७, ब्लक ‘सी’मा विराटनगर १२ र सुनबर्षी ९ […]