विराटनगर १३ पुस । कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको समन्वयमा सञ्चालनमा ल्याईएको श्रम संसार वेभ पोर्टलको सञ्चालन निर्देशिकाबारे आज विराटनगरमा सरोकारवालाहरुवीच छलफल तथा अन्तक्रिया कार्यक्रम गरिएको छ । गत बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याईएको सूचना प्रणाली सञ्चालनका लागि सामाजिक विकास मन्त्रालयले तयार गरेको श्रम संसार वेभ पोर्टलको सञ्चालन, प्रयोग तथा कार्यन्वयन संवन्धि निर्देशिका २०८० […]
विराटनगर १२ पुस । मानव बेचविखन नियन्त्रणका लागि सामाजिक सञ्जालको प्रयोग बढाउन सरोकारवालाहरुले सुझाव दिएका छन् । सूचना प्रविधिको प्रयोगबाट सचेतनामुलक कार्यक्रम गर्न आवस्यक रहेको उनीहरुको भनाई छ । परम्परागत शैलीभन्दा पनि प्रविधिको प्रयोगमा जोड दिन उनीहरुको सुझाव रहेको छ । माईती नेपाल विराटनगरले आज आयोजना गरेको मानव बेचविखन तथा ओसारपसार विरुद्ध नियन्त्रण विषयक कार्यक्रममा […]
विराटनगर १२ पुस । विराटनगरका पूर्व प्रमुख तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले विराटनगर हिमालय रोडको सन्र्दभमा देखिएको आन्दोलन सुनियोजित भएको बताउनु भएको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनका क्रममा पूर्व प्रमुख पराजुलीले विराटनगरको सौन्दर्यकरणका लागि आफ्नो कार्यकालमा शुरु गरिएको आयोजना विकास विरोधी केही ब्यक्तिले निर्माण भएको संरचना हटाउने प्रपन्च गरिरहेको आरोप लगाउनुभयो । […]
विराटनगर ११ पुस । कोशी प्रदेश सरकारले प्रदेश संचार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक २०८० प्रदेशसभामा पेस गर्ने तयारी गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले सो विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गरेको हो । प्रदेश सरकारको प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री शम्शेर राईले शैलजा आचार्य हृदय रोग उपचार केन्द्र संचालन कार्यविधि २०८० […]
विराटनगर ११ पुस । विराटनगर महानगरपालिकाले बरामद गरेको ५३ किलो सुर्तीजन्य पदार्थ नष्ट गरेको छ । विराटनगरमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनमा लगाएको प्रतिबन्धको बेवास्ता गर्दै बिक्री गरेको फेला पारेपछि महानगरले विभिन्न पसलबाट बराबद गरेको थियो । पछिल्लो समय महानगरले सुर्तीजन्य पदार्थ बिक्रीवितरण र सेवनमा कडाइ गरेको छ । महानगरले ऐन नै बनाएर सुर्तीजन्य पदार्थको […]