विराटनगरमा निकालिने रथयात्राको तयारी शुरु

विराटनगर ११ साउन । विराटनगरमा ९४ औं संस्करणको रथयात्रा आगामी भदौ १ गते निकालिने भएको छ । वि.सं.१९८८ सालमा खटयात्राबाट सुरु भएको श्रीराधाकृष्ण रथयात्रा यो वर्ष ९४ वर्षमा पुगेको छ । ९४ औं संस्करणको श्रीराधाकृष्णको रथको आकार ठुलो रहेको रथयात्रा मुल आयोजक समितिका अध्यक्ष कैलाश रेग्मीले वताउनुभयो । योवर्षको रथको लम्वाई चौडाइ तथा रथको उचाई […]

कोशी प्रदेश : ८१ प्रतिशत वित्तीय प्रगति, ७.६ प्रतिशतले राजस्व वृद्धि

विराटनगर ११ साउन । संघीयता र प्रदेश संरचनाको प्रभावकारितामाथि प्रश्न उठिरहेका बेला कोशी प्रदेश सरकारले पछिल्लो एक वर्षमा उल्लेखनीय प्रगति गरेको छ । पूर्वाधार निर्माण, लगानी आकर्षण, वित्तीय अनुशासन र नागरिक सेवा सुधारजस्ता क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको प्रदेश सरकारले यी पहलहरूले संरचनालाई बलियो बनाउनुका साथै विकास र समृद्धिको आधार तयार पारेको जनाएको छ । […]

एनवाईईएफ विराटनगरद्वारा कोरा २०२५ सम्पन्न

विराटनगर, १० साउन । नेपाली युवा उद्यमी मंच (एनवाईईएफ) विराटनगर च्याप्टरले आयोजना गरेको कोरा २०२५ साइक्लिङ अभियान शनिबार सम्पन्न भएको छ। स्वस्थ जीवनशैली र आन्तरिक पर्यटन प्रवर्द्धनका लागि गरिएको कार्यक्रममा विराटनगर, इटहरी, धरानलगायत क्षेत्रबाट दर्जनौँ साइकल यात्री सहभागी भएका थिए। कार्यक्रमको उद्घाटन गर्दै कोशी प्रदेश सरकारका उद्योग, वन तथा पर्यटनमन्त्री सदानन्द मण्डलले अभियानले प्रदेशको पर्यटन […]

झापा र सिरहामा लागूऔषध कारोबारी समात्न प्रहरीले चलायो गोली

विराटनगर १० साउन । प्रहरीले झापामा लागूऔषध कारोबारीलाई समात्न गोली चलाएको छ । जिल्ला प्रहरी कार्यालय, झापा र लागूऔषध नियन्त्रण ब्यूरो, काठमाडौंको टोलीले गोली चलाएर एकजना लागूऔषध कारोबारीलाई समातेको हो । ब्यूरोका प्रमुख एसएसपी कृष्णप्रसाद कोइरालाका अनुसार, लागूऔषध कारोबारी नेपालतर्फ प्रवेश गर्दै गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका ५ को भित्री सडकमा शंकास्पद […]

पूवि प्रसुति तथा बालरोग अस्पताल भवनकाे शिलान्यास

विराटनगर ९ साउन। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल अन्तर्गतको प्रसुति तथा बालरोग अस्पताल भवनकाे शिलान्यास गर्नुभएको छ। शिलान्यास समारोहमा बोल्दै मुख्यमन्त्री कार्कीले विदेशमा पढ्न जानेहरूलाई रोक्नका लागि पूर्वाञ्चल विश्वविद्यालयले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने बताउनुभयो। हाम्रो देशमा भएका संरचनाहरूलाई सुधार गर्दै अगाडि बढेमा अन्य देशको तुलनामा कम लागतमा अध्ययन […]