कोशीमा नामकरण विरुद्ध भइरहेको आन्दोलनको एमालेले प्रतिवाद गर्छ : अध्यक्ष ओली

विराटनगर २५ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशीमा नामकरण विरुद्ध भइरहेको आन्दोलनको एमालेले प्रतिवाद गर्ने बताउनुभएको छ । नेकपा एमालेले तयारीका साथ दनक दिनुपर्ने अवस्था आएको बताउनुभयो । आज काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले माओवादीले पहिले कोशी प्रदेश नामकरणमा साथ दिएको र पछि पुनर्विचार गर्नुपर्छ भनेर भड्काइरहेको आरोप लगाउनुभयो । ‘प्रचण्डहरुको यसमा प्रत्यक्ष […]

कोशी प्रदेश उपसभामुख र एमाले संसदीय दलका उपनेता माथि भएको आक्रमणको एमालेद्धारा विरोध

विराटनगर २५ जेठ । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले कोशी प्रदेशका उपसभामुख सृजना दनुवार र एमाले कोशी प्रदेश संसदीय दलका उपनेता राम राना माथि भएको आक्रमणको विरोध गरेको छ । एमाले कोशी प्रदेश संसदीय दलले पहिचानवादीका नाममा उपसभामुख दनुवारलाई उदयपुरमा र उप नेता राना मगर माथि इलाममा भएको आक्रमण प्रति भत्र्सना गर्दै यस्ता कार्य […]

कांग्रेसले माग्यो कोशीका मुख्यमन्त्रीको राजीनामा

विराटनगर २४ जेठ । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको राजीनामा माग गरेको छ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले राजीनामा दिनुपर्ने कांग्रेसको माग छ । कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले विज्ञप्ति जारी गर्दै अल्पमतमा परेका मुख्यमन्त्री कार्कीलाई नयाँ […]

सवै दलसँग छलफल गर्छु, विश्वास गर्नुभयो भने सरकारको नेतृत्वलाई निरन्तरता दिन्छु : मुख्यमन्त्री कार्की

विराटनगर २३ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा रहेका सवैदलहरुसाग छलफल गरेर अघि बढ्ने बताउनु भएको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले सरकारमा सहभागि मन्त्रीलाई फिर्ता बोलाउँदै समर्थन पनि फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले सवैदलसँग छलफल गरेर अघि बढ्ने बताउनु भएको हो । प्रदेशसभामा रहेका राजनीतिक दलले विश्वास गरे सरकारलाई निरन्तरता दिने पनि […]

कोशी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीद्धारा राजीनामा, सरकारलाई दिएको समर्थन पनि फिर्ता

विराटनगर २३ जेठ । नेकपा माओवादी केन्द्रबाट कोशी प्रदेश सरकारमा सहभागी दुई जना मन्त्रीले पदबाट राजीनामा दिएका छन् । कोशी प्रदेश संसदीय दल र माओवादी केन्द्र प्रदेश कार्यालय (पदाधिकारी)को मंगलबार बसेको बैठकले एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने निर्णय गरेको थियो । सो बैठकले आफ्ना मन्त्रीहरुलाई राजीनामा बुझाउन निर्देशन पनि […]