बलात्कार आरोपमा कराँतेका प्रशिक्षक पक्राउ

विराटनगर, १० साउन । एक जना युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा विराटनगरबाट कराँतेका दुई जना प्रशिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–४ का ५० वर्षीय अमर भनिने सुरज सुवेदी र विराटनगर–३ का ५० वर्षीय विनोद राउतलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिनु भयो । उहाँका अनुसार सुनसरीको इटहरी घर भएकी […]

प्रदेश नं. १ मन्त्रिपरिषद् बैठकले के के निर्णय गर्यो

विराटनगर, १० साउन । प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सरकार अन्तर्गतका अस्पताल तथा आयुर्वेद औषधालयहरूको नाम संशोधन गर्नेलगायत केही कार्यविधि एवं निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले ६ वटा विषयमा निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीका अनुसार, बैठकले महालेखा परीक्षकको […]

मुख्यमन्त्री राईले हिंसा भड्काउन खोजेको भन्दै एमालेद्वारा सरकारको धारणा माग

विराटनगर, ९ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले हिंसा भड्काउन खोजेको आरोप लगाएको छ । मुख्यमन्त्री राईले जातीय सद्भाव भड्काउन खोजेको भन्दै सरकारको धारणा सार्वजनिक गर्न उसले माग गरेको हो । आजको प्रदेशसभा बैठकमा एमाले सांसद तथा पूर्वमन्त्री लीलाबल्लभ अधिकारीले प्रदेशको नामकरणको सन्दर्भमा मुख्यमन्त्री राईले कुनै पहिचान विशेषको […]

प्रदेश १ मा कोभिड १९ विरुद्धको कोभिशिल्ड खोपको ११ हजार मात्रा खेर

विराटनगर, ९ साउन । प्रदेश १ मा कोभिड १९ विरुद्धको कोभिशिल्ड खोपको ११ हजार मात्रा खेर गएको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, विराटनगरमा मौज्दात रहेको कोभिशिल्डको ११ हजार मात्रा खेर गएको हो । प्रदेश १ आपूर्ति व्यवस्थापन केन्द्रलाई असार अन्तिममा खोप आएकाले प्रयोग हुन नसकेको हो । केन्द्रका प्रमुख शम्भु साहले छोटो अवधिको […]

कोसी टप्पुमा रुखले किच्दा युवकको मृत्यु

विराटनगर, ८ साउन । रुखले किच्दा घुमफिरका लागि सुनसरीको कोसी टप्पु वन्यजन्तु आरक्षमा गएका एक युवकको मृत्यु भएको छ । अर्का युवक घाइते भएका छन् । सुकेको सिसौको रुख ढलेर किच्दा सुनसरीको धरान उपमहानगरपालिका–११ का २४ वर्षीय धीरज तामाङको आज दिउँसो मृत्यु भएको हो । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ स्थित आरक्षमा घुमफिर गर्ने क्रममा रुखले किचेर […]