कोशी प्रदेशमा मन्त्रालयको संख्या बढ्दैन : मुख्यमन्त्री कार्की

विराटनगर ९ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अगामी भदौ १२ गते भित्र प्रदेशमा मन्त्रिमण्डल विस्तार हुने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले नेपाली कांग्रेसले मन्त्रीहरुको नाम दिनासाथ मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिनु भयो । मुख्यमन्त्री कार्कीले भदौ १४ गतेदेखि शुरु हुने प्रदेशसभा बैठकमा सबैमन्त्रीहरु अगाडिको आफ्नो कुर्सीमा हुने […]

पत्रकार महासंघ मोरङको तिज कार्यक्रम

विराटनगर ८ भदौ । नेपाल पत्रकार महासंघ मोरङले नेपाली महिलाहरुको महानपर्व हरितालिका तिजको अवसरमा आज दर खुवाउने कार्यक्रम गरेको छ । पत्रकार महासंघ मोरङले हरेक वर्ष तिज कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा मोरङका पत्रिका, रेडियो, टिभी, अनलाईनमा क्रियाशिल महिला पत्रकारहरु लगायतको सहभागिता रहेको कार्यवहाक अध्यक्ष तारा आचार्यले जानकारी दिनुभयो । कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीका […]

विराटनगरमा सञ्चालनमा आयो ‘ड्रेस रुम’

विराटनगर, भदौ ८ । नयाँ फेसन र डिजाइनका कपडा रुचाउने महिला तथा युवतीहरूलाई लक्षित गरी विराटनगर १० स्थित कलेज रोडमा ‘ड्रेस रुम’ सञ्चालनमा आएको   छ । नेपालमा चल्तीमा आएका फेसनका पहिरनहरू सुपथ मुल्यमा विराटनगरका ग्राहाकहरूलाई उपलब्ध गराउने उद्देश्यले शनिबार विराटनगर– १० कलेज रोडमा ‘ड्रेस रुम’ सञ्चालनमा ल्याइएको हो । ड्रेस रुमकी सञ्चालिका रेजीना शाहीले विशेष […]

बालबालिका राष्ट्रिय गौरव हुन, लगानी बढाउन सुझाव

विराटनगर ८ भदौ । नेपालको कुल जनसंख्याको ३४ प्रतिशत बालबालिका छन् । जनसंख्याको ठुलो हिस्सा ओगटेको बालबालिका राज्यको प्राथमिकतामा पर्न नसकेको सरोकारवालाहरुले बताएका छन् । बालबालिका भावी कर्णधार भन्ने गरिएपनि सो अनुशार लगानी हुन नसकेको उनीहरुको भनाई छ । सिविन विराटनगरले शुक्रबार ‘बालबालिका राष्ट्रिय गौरव हुन’ अवधारणा विषयक अन्तरक्रिया कार्यक्रममा सिविन नेपालका बरिष्ठ कार्यक्रम व्यवस्थापक […]

मानव बेचविखनमा सामाजिक सञ्जालको प्रयोग बढ्दो

विराटनगर ७ भदौ । दलालहरुले सामाजिक सञ्जालको प्रयोग गरि मानव बेचविखन गर्ने गरेको पाईएको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढ्दो मात्रामा देखिएको माईती नेपालले गरेको अध्ययनका क्रममा पाईएको हो । सामाजिक सञ्जालको प्रयोग गरि रोजगारी, मायाजाल, नेटवर्कीङ विजनेसका नाममा मानव बेचविखन भईरहेको अध्ययनका क्रममा पाईएको माईती नेपाल विराटनगरका कार्यक्रम संयोजक विनोद पोखरेलले जानकारी […]