सुनसरीबाट १ करोड ८२ लाख ५१ हजारवटा नक्कली नोट बरामद

इनरुवा २९ माघ । प्रहरीले सुनसरीबाट १ करोड ८२ लाख ५१ हजारवटा नक्कली नोट बरामद गरेको छ । नेपाली १ हजार दरका नक्कली नोटहरु बरामद भएको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए । उनका अनुसार भारतीय स्कोरपियो गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट आइतबार नोटहरु बरामद गरिएको हो […]

कटहरीमा खेतीयोग्य जग्गामा अवैध उत्खनन

विराटनगर १६ पुस । मोरङको कटहरी –५ स्थित मोध्रहा टोलमा खेतीयोग्य जग्गा अवैध रुपमा उत्खनन भइरहेको पाइएको छ । जग्गाधनी र स्थानीय सरकारको मिलोमतोमा खेतीयोग्य जग्गा उत्खन्न्गरी माटो निकाल्न थालेपछि स्थानीयवासीहरु आक्रोसित भएका छन् । जग्गाधनी सत्यनारायण साह र स्थानीय सरकारको मिलोमतोमा ठेकेदार विवेक कर्ण र मनोज कार्कीले खेतीयोग्य जग्गामा मापदण्डविपरित माटो उत्खनन गरेका कारण […]

विराटनगरबाट चार महिनाअघि बेपत्ता भएका तीन बालबालिकाको भारतबाट उद्धार

विराटनगर ३ पुस । विराटनगरबाट ४ महिना अघिदेखि बेपत्ता भएका तीन बालबालिकाको राष्ट्रिय बाल अधिकार परिषद् बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ विराटनगरको पहलमा भारतबाट उद्धार गरिएको छ । गत असोज ६, १० र २८ गते विराटनगर १८ र १९ नम्वर वडाबाट हराएका ५ बर्षीय बालक, ११ बर्षीया बालिका र १४ बर्षीय बालकको भारत स्थित […]

विराटनगरमा एक महिला मृत फेला

विराटनगर २३ मंसिर । विराटनगर महानगरपालिका– १२ स्थित पाञ्चालीमा एक जना मृत अवस्थामा भेटिएकी छन् । महेन्द्र मोरङ क्याम्पसको उत्तरतर्फ पाञ्चालीमा ३३ वर्षीया बन्दना मगर मृत अवस्था भेटिएकी मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिनुभयो । आज बिहान मगरलाई कलेज जाने बाटो छेउमा लडेको अवस्था देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको उहाँले बताउनुभयो ।  मृतक […]

भुटानी शरणार्थी प्रकरणमा धरौटीमा रिहा भएकाहरु सम्पत्ति शुद्धीकरणको जिम्मामा

विराटनगर १८ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएका चार जनालाई प्रहरीले सम्पत्ति शुद्धिकरण विभागमा बुझाएको छ । यस लगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जिम्मा लगाइने छ । धरौटीमा रिहा गर्न आदेश दिएका नरेन्द्र केसी, आशिष बुढाथोकी, हरिभक्त महर्जन, शमेशर मियाले अदालतले मागे बमोजिम धरौटी बुझाए लगत्तै […]