सेवाग्राहीका लागि पार्किङको व्यवस्थापन आफैं गर्न विराटनगरका बैंकहरु तयार

विराटनगर ६ भदौ । विराटनगरको ट्राफिक व्यवस्थापनलाई चुस्तदुस्त बनाउने विराटनगर महानगरपालिकाको अभियानलाई सफल बनाउन बैंकर्सहरुले प्रतिबद्धता जनाएका छन् । महानगरका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा बैंकर्सहरुसित भएको छलफलमा विराटनगरभित्र सञ्चालित सबै बैंकका प्रमुखहरुले महानगरले सुरु गरेको ट्राफिक व्यवस्थापन अभियान सकारात्मक भएकाले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् […]

संविधान कार्यान्वयनमा गएको पाँच वर्ष खेर गयो : नेता सिटौला

विराटनगर, ५ भदौ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं संविधान मस्यौदा समितिका संयोजक कृष्णप्रसाद सिटौलाले सरकारले जनताका पक्षमा काम गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेसका लागि संवाद केन्द्रद्वारा आज विराटनगरमाआयोजित संविधान कार्यान्वयनमा जनप्रतिनिधिको भूमिका विषयक कार्यक्रमका प्रमुख श्रोता रहनु भएका सिटौलाले सञ्चारकर्मीहरुसँगको कुराकानीमा सो कुरा बताउनुभएको हो । उहाँले सरकार देश र जनताका निम्ति इमान्दार देखिनु […]

कोशी सरकारले पाएको विश्वासको मतविरुद्ध एमालेले भोलि सर्वोच्चमा रिट दिने

विराटनगर ५ भदौ । कोशी प्रदेश एमाले संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री उद्धव थापाले संविधान मिचेर प्रदेशसभाबाट विश्वासको मत लिएको बताउनु भएको छ । उहाँले संविधान मिचेर गरिएको कार्य विरुद्ध सर्वाेच्च अदालत जाने बताउनुभयो । प्रदेश चौतारी कोशी प्रदेशको प्रथम साधारणसभा कार्यक्रममा नेता कार्कीले प्रदेश नियमावली र संविधानका धारालाई छलेर थापाले […]

बैठकको अध्यक्षता गर्ने व्यक्ति मतदान प्रकृयामा सहभागि हुनु गलत : कांग्रेस नेता कोइराला

विराटनगर ५ भदौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेशसभाको बैठक सञ्चालन गर्ने व्यक्ति मतदान प्रकृयामा सहभागि हुनु गलत भएको बताउनु भएको छ । सोमबार मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा वैठकको अध्यक्षता गर्नु हुने इस्राइल मन्सुरीले मतदान गर्नु गलत भएको उहाँले बताउनु भयो । बैठकको अध्यक्षता गर्नु हुने सदस्य सभामुख भएको […]

राजस्व तथा लेखा व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सुरु

विराटनगर २ भदौ । विराटनगर महानगरपालिकाको आयोजनामा स्थानीय तह संचित कोष व्यवस्थापनमा राजस्व तथा लेखा व्यवस्थापनसम्बन्धी दुई दिने तालिम सुरु भएको छ । तालिमको विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपपप्रमुख कार्कीले लेखा प्रणालीलाई चुस्तदुरुस्त बनाउन तालिम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै महानगरका प्रमुख प्रशासकीय अधिकृत […]