विराटनगर ८ वैशाख । विराटनगरमा मलामीका लागि निःशुल्क रुपमा उपलब्ध गराइँदै आएको बसका लागि महानगरपालिकाले इन्धन उपलब्ध गराउने भएको छ । विराटनगरका युवा करिम अन्सारीले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको मलामी बसका लागि महानगरले इन्धन उपलब्ध गराउने भएको हो । विराट सेवा आश्रमसँगको सहकार्यमा विराटनगर वडा नम्बर १० ले अन्सारी र ज्येष्ठ नागरिकको सम्मानका लागि […]
विराटनगर ८ चैत । विराटनगर–१० मा रहेको कान्तिपुर कलेजले कक्षा १२ का विद्यार्थीलाई विदाई गरेको छ । कलेजले विराटनगरको कञ्चनजंगा होटेलमा एक कार्यक्रमको आयोजना गरि ९ औं ब्याचमा अध्ययनरत कक्षा–१२ का विद्यार्थीलाई विदाई गरेको हो । कलेजले शनिबार विज्ञान, व्यवस्थापन र होटेल मेनेजमेन्टका गरि ८ सय ३७ जना विद्यार्थीलाई अविर लगाएर मायाको चिनो दिएर विदाई […]
विराटनगर ७ वैशाख । विराटनगरमा सद्भाव भड्काउने गतिविधि हुन थालेको भन्दै राष्ट्रिय युवा संघ नेपालले चिन्ता व्यक्त गरेको छ । समुदायबीचको सद्भावलाई कमजोर बनाउने र भड्काउने अप्राकृतिक कार्यप्रति युवा संघले आफ्नो गम्भीर ध्यानआकर्षण भएको जनाएको छ । राष्ट्रिय युवा संघ विराटनगर महानगर कमिटीले शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापन पत्रसमेत बुझाएको छ । सहायक प्रजिअ […]
विराटनगर ७ वैशाख । चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरी सेमिफाइनलमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा शुक्रबार भएको उदघाटन खेलमा महोत्तरीको नगर खेलकुद विकास समिति वर्दिवासलाई ४–१ गोलले हराउँदै एपीएफ सेमिफाइनमा पुगेको हो । जितको लागि एपीएफका हरी कार्कीले दुई गोल, दिसन […]
विराटनगर ७ वैशाख । नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले कोशी प्रदेश सभामा दर्ता गराएको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ । प्रदेश सभाको शुक्रबारको बैठकले उक्त बैठक पारित गरेसँगै मुख्यमन्त्री केदार कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएको छ । विश्वासको मत नलिएमा नयाँ सरकार गठनको तयारी थाल्न प्रदेश प्रमुखले आह्वान गर्नुहुनेछ । कोशीका […]