एनपीएल जिते ३० लाख पुरस्कार दिइने कोशीका मुख्यमन्त्री कार्कीको घोषण

विराटनगर १२ मंसिर । कोशी प्रदेश सरकारले विराटनगर किङ्सले एनपीएलको उपाधि जितेमा  ३० लाख दिने घोषणा गरेको छ ।  विराटनगरका किङ्सका खेलाडीलाई मङ्गलवार राती बिदाइ गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  विजेता बनेमा ३० लाख पुरस्कार दिने घोषणा गर्नुभयो । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल)कोलागि कोशी प्रदेशबाट विराटनगर किङ्सले […]

मोरङ बुढीगंगामा छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

विराटनगर ११ मंसिर । मोरङको बुढीगंगामा गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बुढीगंगा गाउँपालिकाको आयोजनामा प्रतिभा पहिचान र रनिङ शिल्ड प्रतियोगिता शुरु भएको हो । मंसिर १५ गते सम्म चल्ने प्रतियोगिताको रनिङ शिल्ड तर्फ विद्यार्थीले भलिवल, कवड्डी, कराँते र एथ्लेटिक्स र प्रतिभा पहिचान तर्फ चित्रकला, नृत्य, बक्तृत्वकला र गायनमा प्रतिष्पर्धा […]

उपनिर्वाचनका लागि मोरङमा निर्वाचन सामाग्री आईपुग्यो, विहीबार मतदान केन्द्र लगिने

विराटनगर ११ मंसिर । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन सामाग्री प्रदेश निर्वाचन कार्यालय विराटनगरमा आईपुगेको छ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि हुने निर्वाचनका लागि निर्वाचन सामाग्री आईपुगेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी तिर्थराज अधिकारीले जानकारी दिनुभयो । निर्वाचन प्रयोजनका लागि आवस्यक पर्ने मतपत्र र मतपेटिकालगायत आवस्यक सम्पूर्ण सामग्री […]

विराट मेडिकल बन्यो कोशीमा सर्वोत्कृष्ट सेवा दिने अस्पताल

विराटनगर ११ मंसिर । विराट मेडिकल कलेज शिक्षण अस्पतालले कोशी प्रदेशमा सवैभन्दा बढी सेवाग्राहीलाई सेवा दिएको छ । आर्थिक वर्ष २०८०–०८१ मा कोशी प्रदेशका सेवा प्रवाह गर्ने स्वास्थ्य संस्थाहरु मध्येबाट उत्कृष्ट विराट मेडिकल कलेजलाई नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज सम्मानित गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सामाजिक सुरक्षा […]

कोशीका पूर्व मन्त्री अधिकारीविरुद्ध मुद्दा चलाउनलाई पर्याप्त आधार, प्रमाण देखिएन

विराटनगर १० मंसिर । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचल्ने भएको छ । मानव तस्करीको आरोपमा उनी पक्राउ परेका थिए । सरकारी वकिल कार्यालयले उनीविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा चलाउनलाई पर्याप्त आधार र प्रमाण नदेखिएको भन्दै अधिकारीविरुद्ध मुद्दा […]