प्रचण्ड बोलिको ठेगान नभएको नेता : नारायणमान विजुक्छे

विराटनगर ९ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बोलिको ठेगान नभएको नेता भएको बताउनु भएको छ । पदका लागि दाहाल जे गर्न पनि तयार हुने नेता भएको उहाँको भनाई छ । विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष विजुक्छेले नेपालका कम्युनिष्ट पार्टीहरु सिद्धान्त अनुसार चल्न नसकेको बताउनुभयो । उहाँले […]

कोशी प्रदेशमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी हुन सकेन

विराटनगर ८ असोज । कोशी प्रदेशमा सरकारको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी हुन नसकेको तथ्याङ्कले देखाएको छ । कोशी प्रदेशमा कूल जनसंख्याको ४० दशमलव ५ प्रतिशत जनसंख्या मात्र स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएको तथ्याङ्कमा देखिन्छ । कोशी प्रदेशको जनसङ्ख्या ४९ लाख ६१ हजार ४ सय १२ रहेकोमा ४० दशमलव ५ प्रतिशत अर्थात २० लाख ९ हजार […]

नामकरणमा संघीय सरकारको नेतृत्व गर्नेबाटै आन्दोलनलाई उक्साउने काम भयो : मुख्यमन्त्री कार्की

विराटनगर ८ असोज । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको बताउनु भएको छ । आज गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उहाँले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने काम केही राजनीतिक दलको केन्द्रीय नेतृत्वबाटै भएको बताउनुभयो । प्रदेशसभाले राखेको नामको विपक्षमा केन्द्र सरकारका मन्त्री र […]

कोशी प्रदेशमा २ मन्त्री र २ राज्यमन्त्री थपिए

विराटनगर ८ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । उहाँले दुई मन्त्री र दुई राज्यमन्त्री थप गर्नु भएको छ । नव नियुक्त मन्त्रीहरुमा बुद्धिकुमार राजभण्डारी खानेपानी, ऊर्जा तथा सिँचाइ, लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्री बन्नु भएको छ । त्यस्तै रामप्रसाद मेहता उद्योग, भूमिव्यवस्था तथा कृषि राज्यमन्त्री र निरन […]

नामकरणको समर्थनमा सिङ्गो एमाले जुरुक्क उठ्न सकेन : मुख्यमन्त्री कार्की

विराटनगर, ६ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी’ नामकरणको समर्थनमा सिङ्गो एमाले जुरुक्क उठ्न नसकेको बताउनु भएको छ । प्रगतिशल तथा पेशागत कानून व्यवसायी संघ (पीपीएलए) को कोशी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनु भएको हो । मुख्यमन्त्री कार्कीले भन्नुभयो ‘ कोशी नामकरणको विषयमा सिङ्गो एमाले जसरी जुरुक्क उठ्नु […]