जीवन विकासका उत्कृष्ट कर्मचारी र शाखालाई पुरस्कार

विराटनगर २३ वैशाख । जीवन विकास लघुवित्त वित्तीय संस्थाले उत्कृष्ट कर्मचारी तथा शाखालाई पुरस्कृत गरेको छ । आर्थिक वर्ष २०७९–८० मा उत्कृष्ट कार्य गरेका कर्मचारी र शाखा कार्यालयलाई पुरस्कृत गरेको हो । जीवन विकासले उत्कृष्ट जिल्ला प्रमुखको रुपमा मैयाँ राई, शिवचरण दास र मनोजकुमार मण्डललाई पुरस्कृत गरेको हो । उत्कृष्ट शाखा प्रमुख घोषित भएका रिता […]

पूँजी बजारबारे युवा तथा विद्यार्थीलाई सचेतना

विराटनगर, २३ वैशाख । नेपाल इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीज ट्रेडिङ प्राली (ब्रोकर नं १९)ले पूँजीबजारबारे युवा तथा विद्यार्थीलाई जानकारी गराएको छ । उदयपुरको गाईघाटमा पूँजीबजार सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरी पूँजीबजारको संभावना र चुनौतिका विषयमा जानकारी गराएको हो । संस्थागत सामाजिक उत्तरदायित्व सचेतना कार्यक्रम आयोजना गरिएको नेपाल इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीज ट्रेडिङ प्रालीले जनाएको छ । कार्यक्रममा […]

प्याब्सनमा आवद्ध सदस्यहरुको न्यूरोले सहुलियतमा उपचार गर्ने

विराटनगर २२ वैशाख । प्याब्सन मोरङ र न्यूरो हस्पिटलबीच सहुलियतमा उपचार गर्ने समझदारी भएको छ । समझदारी अनुसार न्यूरो हस्पिटलले प्याब्सनमा आवद्ध सदस्यहरुको सहुलियतमा उपचार गरिदिने भएको हो । समझदारी पत्रमा प्याब्सन मोरङको तर्फबाट अध्यक्ष प्रेमलाल सिंह सुवाल र हस्पिटलको तर्फबाट अपरेशनल डाइरेक्टर राजेश भट्टराईले हस्ताक्षर गर्नुभएको छ । न्यूरोले समझदारी अनुसार प्याब्सन आवद्ध सदस्य, […]

राजनीतिक स्थिरताका लागि कांग्रेस र एमाले मिल्नु पर्छ : भीम पराजुली

विराटनगर, २२ बैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न ठूला दल मिलेर सरकार बनाउनुपर्ने बताउनु भएको छ । नेपाली कांग्रेस विराटनगर १ ले आयोजना गरेको कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य पराजुलीले यस्तो बताउनु भएको हो । विगतमा राजनीतिक अस्थिरताकै कारणले मुलुकले धेरै क्षति व्यहोरेको प्रसङ्ग उल्लेख गर्दै उनले स्थिर सरकारले […]

विपन्न र असहाय बिरामीका लागि १० प्रतिशत बेड छुट्याउन विराटनगर महानगरको निर्देशन

विराटनगर २१ बैशाख । विपन्न, असहाय र बेवारिसे बिरामीहरूको निःशुल्क उपचारका लागि नेपाल सरकारले तोकेको १० प्रतिशत बेड अनिवार्य छुट्याई कार्यान्वयनमा ल्याउन विराटनगर महानगरपालिकाले अग्रसरता देखाएको छ । विराटनगर महानगरपालिकाभित्र सञ्चालित स्वास्थ्थ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई बोलाएर महानगरले कुल बेडको १० प्रतिशत अनिवार्य छुट्याउन निर्देशन दिएको छ । प्रमुख नागेश कोइरालाले नेपाल सरकारले तोकेको सुविधा […]