उद्योग संगठन मोरङद्धारा आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्न सुझाव पेश

विराटनगर, ६ पुस । उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलको नेतृत्वमा गएको संगठनको प्रतिनिधि मण्डलले आज अर्थमन्त्री जनार्दन शर्मा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद वडुलाई भेटी आर्थिक बर्ष २०७९-८० को बजेटमा समावेश गर्नुपर्ने सुझाव पेश गरेको छ । प्रतिनिधि मण्डललमा अध्यक्ष सुयश प्याकुरेल, उपाध्यक्ष नन्दकिशोर राठी, कोषाध्यक्ष विपिन कावरा, कार्यसमिति सदस्य सुरेन्द्र […]

एक नम्बर प्रदेशमा सम्पन्न भयो स्टार्टअप एण्ड आईडिया फेस्ट

विराटनगर, ६ वैशाख । प्रदेश स्तरीय चौंथो स्टार्टअप आईडिया फेस्ट तथा डिजिटल सम्वाद ३.० एक नम्बर प्रदेशमा सम्पन्न भएको छ ।लिभिङ विथ आईसीटी र आईसीटी फाउण्डेसन नेपालको सहकार्यमा सोमबार विराटनगरस्थित उद्योग संगठन मोरङको हलमा आयोजना भएको उक्त कार्यक्रममा प्रदेशका ३० भन्दा धेरै स्टार्टअप तथा आईडियाहरु सहभागी भएका थिए । फेस्टसँगै आयोजना भएको आईडिया पिचिङ सेसनमा […]

विराटनगरका पाँच पसलमा आगलागी

विराटनगर, ६ वैशाख । विराटनगर महानगरपालिका–७ अस्पताल चोकमा रहेका पाँचवटा पसल र होटलमा गएराति आगलागी भएको छ । दिपेश होटलसहित कपडा र फलफूल पसलमा आगलागी भएको प्रहरीले जनाएको छ । राति १२ बजेबाट आगो सुरु भएको थियो । पसल र होटल बन्द रहेका बेला आगलागी भएको हो । आगोले जलेर होटलभित्र सुतेका तीन जना घाइते […]

मोरङमा गठबन्धनमा सहमति जुटाउने प्रयास जारी

विराटनगर, ५ वैशाख । सत्तारुढ गठबन्धनले मोरङमा स्थानीय तह निर्वाचनमा तालमेल गर्नका लागि सहमति जुटाउने प्रयास जारी राखेको छ । नेताहरुले गठबन्धन सहमतिनजिक पुगेको बताएका छन् । भागबन्डा मिलाउन ४ दलद्धारा गठित कार्यदलले निस्कर्ष निकाल्न नसकेको प्रतिवेदन बुझाएपछि गठबन्धनको जिल्लास्तरीय संयन्त्रले सहमतिका लागि प्रयास जारी राखेको हो । संयन्त्रमा भएको छलफल सहमतिनजिक पुगेको नेपाली कांग्रेस […]

जहदामा सम्पन्न अध्यक्ष कप क्रिकेट टुर्नामेन्टको उपाधि जहदा–४ लाई

विराटनगर, ४ वैशाख । मोरङको जहदामा सम्पन्न अध्यक्ष कप क्रिकेट टुर्नामेन्टको उपाधि जहदा–४ ले हात पारेको छ । आयोजक लक्ष्मिनिया युवा क्लबलाई १५ रनले पराजितगर्दै जहदा–४ ले टुर्नामेन्टको उपाधि हात पारेको हो । १६६ रनको लक्ष्य पाएको लक्ष्मिनिया युवा क्लब १७ औं ओभरको प्रगतिमा सबै विकेट गुमाउँदै १५१ रनमा सिमित भएको थियो । जहदा–४ ले […]