विराटनगर, ३० असोज । नेकपा एमाले केन्द्रीय सदस्य जीवन घिमिरेले मोरङ क्षेत्र नं. ४ (ख) बाट उम्मेदवारी दिएका छन् ।
पूर्व सामाजिक विकास मन्त्री समेत रहेका घिमिरेले चुनावी अभियानलाई तीव्र पारेका छन् ।
०३५ सालदेखि एमालेमा आबद्ध भएर राजनीतिमा सक्रिय घिमिरे अघिल्लो ०७४ को प्रदेशसभा निर्वाचनमा मोरङ ४ (ख) बाट निर्वाचित भएका थिए । प्रदेशसभामा निर्वाचित घिमिरे ०७४ फागुनमा शेरधन राई नेतृत्वको पहिलो प्रदेश सरकारको सामाजिक विकास मन्त्री समेत रहेका घिमिरेले प्रदेश सरकारमा रहँदा ३ वर्ष समग्र प्रदेशको विकासमा आफ्नो ध्यान केन्द्रीत गरे । अहोरात्र प्रदेशको विकासका लागि नै लागिपरे ।
प्रदेशको स्वास्थ्य, शिक्षा, खेलकुद, सूचना प्रविधि, भाषा संस्कृति, महिला, बालबालिका, जेष्ठ नागरिकको क्षेत्रमा उनको योगदान अतुलनिय रहेको छ । स्वास्थ्य क्षेत्रको संस्थागत विकास, प्राकृतिक चिकित्सा, कोभिड १९, प्रविधिमैत्री शिक्षा, प्रदेशको भाषा संरक्षण, खोज, महिलाको शशक्तिकरण, बालमैत्री प्रदेशको परिकल्पना घिमिरेकै कार्यकालमा प्रदेशका अघि बढेको हो । कोभिड १९ को खोज, उपचारमा सातवटै प्रदेश मध्ये प्रदेश १ मा उत्कृष्ट व्यवस्थापन घिमिरेले नै गरेका थिए ।
समग्र प्रदेशसँगै निर्वाचन क्षेत्रमा पनि उनको योगदान उत्तिकै छ ।
निर्वाचन क्षेत्रको सडक, भौतिक पूर्वाधारको निर्माण, स्वास्थ्य, शिक्षा, खेलकुदमा महत्पूर्ण योगदान उनले गरेका छन् । प्रविधिमैत्री विद्यालय, एक पालिका एक खेल मैदान, जेष्ठ नागरिक दन्त उपचार लगायतका दर्जनौं नविनतम् कार्य घिमिरेकै कार्यकालमा प्रदेश सरकारले अघि बढाएको थियो । एक सफल व्यक्ति नेतृत्वमा पुग्दा कसरी समग्र विकास गर्न सक्छ भन्ने उदाहरण उनले दिएका थिए । प्रदेश योजना आयोगले गरेको प्रदेशका मन्त्रालयहरुको मूल्यांकनमा सामाजिक विकास मन्त्रालयलाई घिमिरेले आफ्नो कार्यकालभरि सर्वाेउत्कृष्ट बनाएका थिए ।
०३६ सालमा झापा शिवगञ्जको जन आदर्श माविको स्ववियु सभापतिबाट शुरु भएको राजनीतिक यात्रा अहिले केन्द्रीय सदस्य तथा प्रदेश १ को सहइन्चार्जको भूमिकामा छन् । राजकाज मुद्धामा ५ वर्ष भूमीगत जीवन विताएका घिमिरेको मुद्धा ०४६ मा फिर्ता भएको थियो । एमाले नेता घिमिरे सामाजिक संघ संस्थामा पनि उत्तिकै सक्रिय छन् ।
विराटराजा दरवार खोज तथा संरक्षण समिति संस्थापक अध्यक्ष, नेपाल योग तथा प्राकृतिक संघको उपाध्यक्ष, लायन्स क्लव ३२१ ए वान ब्राण्ड एम्वेसडर, मनमोहन प्राविधिक विश्व विद्यालय सभा सदस्य, रेडक्रस सोसाईटी लगायतका दर्जनौं संस्थामा उनको सक्रिय सहभागिता रहने गरेको छ ।