पत्रकार पोखरेल सम्मानित

विराटनगर, १४ असोज । लिवर्टी नेपालले पत्रकार गोपाल पोखरेललाई सम्मानित गरेको छ । लिवर्टीको सातौ सधारणसभा तथा दशैको सुभकामना आदानप्रदान कार्यक्रमका मोरंगका प्रमुख जिल्ला अधिकारी काँशिराज दाहालले पत्रकार महासंघ मोरङका सदस्य तथा प्रेस युनियन मोरङका सचिव पोखरेल, युवा व्यवसायी दिनेशकुमार साह लगायतलाई सम्मानित गर्नु भएको हो । कार्यक्रममा डा. भेषप्रसप्रसाद धमला, बुढिगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण […]

महानगरका मेयर कोइरालाद्धारा माछा–मासु पसलको अनुगमन, खसीको भन्दै बाख्राको मासु बिक्री गर्ने गरेको फेला

विराटनगर, १४ असोज । महानगरले सञ्चालनमा ल्याएको हर्टलाइन सेवा (टोल फ्रि नम्बर) मा आएका गुनासोलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न विराटनगर महानगरका मेयर नागेश कोइराला ६ बजे नै माछा–मासु पसलको अनुगमनमा निस्किएका छन् । अनुगमनका क्रममा विभिन्न मासु पसलले खसीको भन्दै बाख्राको मासु बिक्री गर्ने गरेको भेटिएको थियो । मेयर कोइरालाको नेतृत्वमा गरिएको आकस्मिक अनुगनका क्रममा […]

महानगरको सरसफाई विशेष अभियान चौथो हप्तामा प्रवेश

विराटनगर, १४ असोज । विराटनगर महानगरपालिकाले सुरु गरेको महानगर सफाई विशेष अभियान चौथो हप्तामा प्रवेश गरेको छ । अभियानअन्तर्गत आज विराटनगर वडा नम्बर १ को त्रिवेणी मार्ग र आसपासको क्षेत्रको सफाई गरिएको छ । झाडु बोकेर महानगरका मेयर नागेश कोइराला सफाई अभियानमा आफैं खटिनु भउको थियो । महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, विराटनगर वडा […]

माइती नेपालले गठन गरेको वडास्तरिय सञ्जाल समूह प्रभावकारी बन्दै

विराटनगर, १३ असोज । मानव बेचविखन तथा नियन्त्रणका लागि माइती नेपालले गठन गरेको वडास्तरिय सञ्जाल समूह प्रभावकारी बन्दै गएको छ । विराटनगर १३, १५ र १६ मा गठन गरिएको सञ्जाल समूहले स्थानीय स्तरमा मानव वेचविखन तथा नियन्त्रणका लागि सचेतनामुलक कामका साथै लैगिंक हिंसा नियन्त्रणको काम पनि गर्दै आएको सञ्जाल संयोजकहरुले बताएका छन् । मानव वेचविखन […]

विराटनगरका केवल र नेटका तारलाई व्यवस्थित बनाइने

विराटनगर, १३ असोज । विराटनगरको सौन्दर्यकरणका लागि विराटनगर महानगरले केवल र नेटका तारलाई व्यवस्थित बनाउने भएको छ । महानगरले बिहीबार केवल र नेट व्यवसायी र प्रतिनिधिलाई बोलाएर पोलमा लत्रिएका तारलाई तत्कालै व्यवस्थित बनाउन निर्देशन दिएको छ । महानगर मेयर नागेश कोइरालाले विराटनगरलाई सुन्दर, सफा र हराभरा बनाउने दायित्व सबैको भएकाले तारलाई व्यवस्थित बनाउन आग्रह गर्नुभयोे […]