देश संघीयतामा गईसकेपछि नेपाल उद्योग वाणिज्य महासंघले पनि सोहि अनुरुप सातै प्रदेशमा यसको च्याप्टर स्थापना गरेको छ । प्रदेश महासंघले वहालमा सचिवालयसंचालन गर्दै आएकोमा आफ्नै भवनको आवश्यकता महसूस गरी हामीले जग्गा खरिद गरिभवनको शिलान्यास गर्न पाउंदा मलाई खुशी लागेको छ। महासंघको न्यून बजेटका वावजुद पनि मेरो कार्यकालमाभवन निर्माण गर्ने अठोट गरी निर्माण कार्य अगाडी बढाएको हुंदा सवै क्षेत्रको सहयोग र सद्भाव पाउने अपेक्षा राखेको छु ।
-वि.सं. २०७९ सालमा सम्पन्न भएको ५औं प्रदेश सभाबाट मेरो नेतृत्वमा गठन भएको कार्यसमितिको कार्यकालको यो दोश्रो प्रदेश सभा हो । आर्थिक क्षेत्रमा देखिएको असहज परिस्थितिमा हामी नेतृत्वमा आएका थियौ । हाम्रो कार्यकालको यो अवधिसम्म आईपुग्दा अर्थतन्त्रका सूचकहरुमा केहि सुधार भए पनि व्यवहारिक रुपमा उद्योग व्यवसायको अवस्था अहिले पनि सन्तोषजनक छैन ।
ड्ड निरन्तरको न्यून आर्थिक वृद्धिको अवस्था, अर्थतन्त्रमा संरचनागत समस्या, उत्पादन मूलक उद्योग क्षेत्रको संकुचन, न्यून उत्पादन तथा उत्पादकत्व, बढ्दो उत्पादन लागत, कमजोर प्रतिस्पर्धी क्षमता, कृषि प्रति विकर्षण, आधारभूत खाद्य पदार्थमा समेत परनिर्भरता ,उपभोगमुखी आयात तथा न्यून निर्यात क्षमता र उच्च व्यापार घाटा आन्तरिक रोजगारीका सिमित अवसरहरूका कारण हाम्रो आर्थिक क्षेत्रअत्यन्त दवावमा रहेको छ ।
– अर्थतन्त्रमा यो हदको सङ्कुचन के कारणले आयो ? यस्तोपरिस्थितिबाट उम्किने उपायहरू के के हुन सक्छन् ? यसको निकासको लागि सुझाव सहित सरकारलाई महासंघले गरेको निरन्तरको खवरदारी, पहल कदमीले नीतिगत रुपमा केहि सम्बोधन भए पनि हाम्रा उद्योगी व्यवसायीहरुले अहिले पनि लय पकड्न सकिरहेका छैनन ।
– चालु आर्थिक वर्ष २०८१ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले कूल नौ खर्ब २१ अर्ब १६ करोडको वैदेशिक व्यापार गर्दा ९८ अर्ब ७८ करोड ९२ लाख बराबरको मात्रै निर्यात भएको छ ।
– सरकारले छ महिनामा वस्तु तथा सेवाको आयातबाट दुई खर्ब २४ अर्ब ३४ करोड रुपियाँ राजस्व सङ्कलन गरेको छ ।निर्यातको पछिल्लो तथ्यांकमा खाने तेल (भटमास, सूर्यमुखी र पाम) को हिस्सा २५ अर्ब २ करोड छ ।कच्चा तेल आयात गरी प्रशोधन गरेर निर्यात गर्ने चक्र चलेकै भए पनि त्यसले व्यापार घाटालाई कम गर्न थोरै भए पनि योगदान दिएकै छ ।
– अन्य देशबाट कच्चा पदार्थ आयात गरेर तयारी वस्तु पुनः अर्कै देशलाई निर्यात गर्ने, त्यसमा पनि अमुक देशको नीतिगत परिवर्तनबाट सीमित समयमा लाभ लिन सक्नु दीर्घकालीन हुन नसक्ने निश्चित छ । त्यसैले धेरै आयात हुने वस्तुको उत्पादन नेपाल मै गर्ने गरी नेपाल सरकारले सर्वे गरेर अगाडी बढ्न जरुरी छ जसबाट आयात घटाउन मद्दत पुग्नेछ ।
-त्यस्ता वस्तुको सम्भावना नेपालमा नभएका होइनन् ।क्लिंकर, प्लाइउड, अदुवा, चिया, अलैंची, कफी जस्ता कैयौं नेपाली उत्पादनले निर्यातको राम्रो सम्भावना देखाएका छन् ।निर्यात बढाउनका लागि यहाँको उत्पादनमै वृद्धि र गुणस्तर सुनिश्चित हुने स्थिति बन्नुपर्छ । त्यसका लागि नयाँनयाँ प्रविधिको उद्योग स्थापनागर्न आवश्यक छ । आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न सक्ने स्थिति निर्माणका लागि चोरी पैठारीलाई न्यूनीकरण गरिनुपर्छ ।
– हालैनेपाल सरकारले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्ने निर्देशिका जारी गरेको हुँदा स्थानीय स्तरमा उपलव्ध श्रोत साधनको अधिकतम प्रयोग गरी स्वदेशी वस्तुको उत्पादन, रोजगारी सिर्जना, आयात व्यवस्थापन तथा उत्पादित वस्तुको बजार प्रवद्र्धन गर्न सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगलाई थप प्रभावकारी बनाउन सरकारले यो निर्देशिक ल्याएकोले संभव भएसम्म नेपाली उत्पादनको प्रयोग र प्रवद्र्धनमा हामी एक हुनु पर्दछ ।
– यसैगरी भरखरै सरकारले नेपालको आर्थिक तथा व्यावसायिक वातावरण सुधार गर्न चारवटा अध्यादेश जारी गर्ने निर्णय गरेको छ । आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि अध्यादेश, सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहमा सुधार गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसँग सम्बन्धित अध्यादेश र भूमिसम्बन्धी अध्यादेशले मुलुकका अढाई दर्जन कानुनहरूमा रहेका विकास, औद्योगिकीकरण, लगानी, विदेशी विनिमय परिचालन र आयोजनाहरूका लागि जग्गा प्राप्ति आदिमा रहेका समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको छ । यो नेपालको अर्थतन्त्रलाई पुनः उदार, बजारमुखी र प्रतिस्पर्धी बनाउने दिशामा लामो अन्तरालपछिको ठूलो फड्को हो । अहिले यति धेरै कानुनहरूमा परिमार्जन गरेर अर्थतन्त्रलाई पुनःजागृत गर्ने प्रशंसनीय प्रयास भएको छ । यसका लागि आवश्यक संस्थागत संरचना र परिणाममुखी कार्यान्वयन रणनीतिको पनि उत्तिकै परिपक्क तयारी चाहिन्छ ।
– दीगो र फराकिलो आर्थिक बृद्धि एवं पर्याप्त र गुणस्तरीय रोजगारी सिर्जना नगरी समुन्नत प्रदेश निर्माण सम्भव छैन । त्यसका लागि नीजि क्षेत्रको लगानी विस्तार अपरिहार्य छ । लगानीकर्तालाई लगानीका लागि उत्प्रेरित गर्ने र लगानीको सुरक्षाको प्रत्याभुति प्रदेश सरकारले दिनुपर्छ ।
यस सन्दर्भमा पूर्व निर्धारित प्रादेशिक प्राथमिकता र नीजि क्षेत्रले लगानी गर्नसक्ने तथा सार्वजनिक नीजि साझेदारी बाट अघि बढाउन सकिने आयोजनाका विकल्प तयार गर्ने र आन्तरिक र वाह्य लगानीकर्ताको व्यापक सहभागितामा लगानी सम्मेलन गर्ने नीजि क्षेत्र र प्रदेश सरकारको केहि बर्ष अघि देखिकै योजना हो । तर, परियोजना विकास गरी लगानीकर्ताका लागि विकल्प दिनसक्ने गरी प्रदेशका निकायबाट पर्याप्त काम हुन सकेको छैन । हामीले विगतमा यस प्रदेशमा लगानी सममेलनका लागि पहल गर्दै आएकोमा २०८२ बैशाखमा यो सम्मेलन हुन गईरहेकोमा खुशी व्यक्त गर्दै प्रदेश सरकारसँग लगानी सम्मेलन आयोजनाका लागि सहकार्य गर्न हामी तयार छौं । लगानी सम्मेलनका अलावा यस प्रदेशमा पर्यटन वर्ष २०८२ र चिया सम्मेलनको समेत कोशी प्रदेश सरकारले आयोजना गर्न गईरहेको छ तर यस प्रदेशमा लगानीको वातावरण विग्रदै गएको महसूस गरिएको हुंदा यसतर्फ ध्यानाकर्षण गराउंदछु ।
कोशी प्रदेशको प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथिभरा क्षेत्रमा धार्मिक पर्यटनको विकासको लागि महत्वपूर्ण पूर्वाधार केवलकार निर्माणको क्रममा अहिले केही विवादहरू देखिएका छन् । अध्ययन अनुसन्धानहरूबाट पनि पर्यटन क्षेत्रमा पूर्वाधारको कमीले पर्यटक सङ्ख्यामा वृद्धि हुन नसकेको रोजगारी सिर्जना हुन नसकिरहेको अहिलेको अवस्थामा निजी क्षेत्रलाई लगानीको लागि प्रेरित गर्नुपर्ने अवस्थामा आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी अघि बढिरहेको परियोजनालाई अवरोध गर्नु कदापि उचित हुँदैन ।
नेपालको धार्मिक सांस्कृतिक विविधताले नै पर्यटनको महत्वपूर्ण आधारशिला खडा गरेको छ । हरेक धर्म संस्कृति रीतिरिवाजको प्रवर्धन सम्बर्धन संरक्षणमानिजी क्षेत्र संवेदनशील छ। अतः अहिले देखिएको विवाद/अवरोधलाई वार्ता संवादको माध्यमद्वारा समाधान गर्न अपिल गर्दछु। हामीले देशमा लगानीको लागि बाह्य लगानी कर्ताहरूलाई लगानीको लागि अपिल गरिरहेको अवस्थामा निजी क्षेत्रलाई निरुत्साहित पार्ने वातावरण सिर्जना गर्नु हुँदैन । यसकोलागि म सम्पूर्ण सरोकारवालाहरूलाई संयम बनी समस्या समाधानको लागि अनुरोध गर्दछु ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले वर्तमान परिस्थितिको सामना गर्दै, यस प्रदेशको आर्थिक गतिविधिलाई चलायमान बनाउन प्रदेश सरकारसँगको सहकार्यमा विभिन्न कार्यक्रम मार्फत आर्थिक गतिविधि प्रबद्र्धनका कार्य अघि बढाएको छ ।
प्रदेशमा लगानीमैत्री वातावरण निर्माणको लगानी नीति सम्बाद, कृषि व्यापार प्रवर्धन रणनीति सम्बन्धमा तहगत सरकार र नीजि क्षेत्र बीचको अन्तरक्रिया, कृषि क्षेत्रको विकासको लागि सार्वजनिक नीजि साझेदारी संवाद, औद्योगिक करिडोर क्षेत्रका तहगत सरकार र नीजि क्षेत्र बीचको समन्वय, सहकार्य सम्बन्धि कार्यक्रमहरुबाट सृजित उद्यमशीलताले राष्ट्रिय पँजी र रोजगारी निर्माणसंगै समग्र प्रदेशको आर्थिक विकाशमा योगदान पुर्याएको छ । त्यसका साथै आर्थिक बृद्धिका प्राथमिकता निर्धारणमा केन्द्रित अध्ययनहरुका लागि सहकार्य, उद्योगको प्रबद्र्धन र वातावरण संरक्षणका सवाललाई सन्तुलित रुपमा अघि बढाउने सम्बन्धमा स्थानीय सरकार र नीजि क्षेत्रबीच अन्तरक्रिया, प्रदर्शनी स्थलको निर्माण, राजस्व नीति सम्बन्धमा प्रदेश र स्थानीय सरकारहरुसँग समन्वय जस्ता कार्यलाई पनि हामीले प्राथमिकताका साथ अघि बढाएका छौं । यसले अल्पकालमा नीजि क्षेत्र र समुदायमा रहेको चरम नैराश्यता चिर्दै उद्यमशिलता प्रबद्र्धनमा सकरात्मक योगदान पुगेको छ भन्ने हाम्रो विश्वास छ ।
यस बीचमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशबाट भएका केहि गतिविधिका बारेमा उल्लेख गर्न चाहन्छु ।
– नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशले यस प्रदेशको आर्थिक क्षेत्रलाई चलयमान बनाउन क्रियासिल रहेको छ । उद्योग व्यवसाय क्षेत्रको प्रतिकुल अवस्था सिमित श्रोत साधनका कारण हामीले अपेक्षित उपलब्धित हासिल गर्न सकिरहेका छैनौ तर यस अवधिमा हामीले व्यापार र रोजगारी प्रवद्र्धन, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, कृषि र पर्यटन प्रवद्र्धन, डिजिटल र व्यवसाय विकास सेवाको सुरुवात,नीतिगत सुधार र ब्यापार रणनीतिक केहि प्रयास गरेका छौ ।
-नेपाल उद्योग वाणिज्य महासंघ कोशीले सचिवलाय प्रयोजनका लागिसुविधा सम्पन्न आफ्नै भवन निर्माण लागि बुढीगंगा गाउँपालिका २ मा जग्गा खरिद गरी निर्माण कार्य अघि बढेको छ । आजको यस सातौ प्रदेश सभाको शुभ अवसर पारेर हामी भवन निर्माणको शिलान्यास गर्न गईरहेका छौं ।
– रोजगारीमा अपाङ्गता भएका व्यक्ति नछुटौं, राष्ट्र निर्माणमा सबै जुटौं भन्ने मूल नाराका साथ महासंघ कोशीले, द लेप्रोसी मिसन नेपाल, राष्ट्रिय अपाङ्ग महासंघ , करूणा फाउन्डेसन र सामाजिक विकास मन्त्रालयको सहकार्यमा प्रदेश स्तरीय अपाङ्गता भएका व्यक्तिहरूका लागि रोजगार मेलाआयोजना गरिएको थियो ।
– वैदेशिक रोजगारीबाट फर्किएका कामदारहरूको सीपलाई उद्योग प्रतिष्ठानहरूमा प्रयोग गर्न ILO सँगको सहकार्यमा welcome homes कार्यक्रम अन्तर्गत निर्माण, कृषि र पर्यटन क्षेत्रका उद्यमी व्यवसायीहरूसँगको सहकार्यलाई अघि बढाएको छ ।
-महासंघर आइएलओको सहकार्यमा झापा मोरङ सुनसरी जिल्लाका जिल्लाबाट वैदेशिक रोजगारीमा फर्किएका ६०० कामदारको स्किल प्रोफाइलिङको काम गरिएको छ ।
-कोशी प्रदेशको आर्थिक क्षेत्रहरुलाई समेटेर प्रदेशको आर्थिक पाश्र्व चित्र २०८१ निर्माण गरेको छ ।
-कृषि एक्सपो –२०८१ आयोजना–कृषि क्षेत्रका कृषक उत्पादक प्रसोधनकर्ता वितरक उपभोक्ता कृषि प्राविधिक सरकार र निजी क्षेत्रलाई एकै थलोमा उभ्याई कृषि क्षेत्रमा नविनतम प्रविधि तथा यान्त्रिकरण भित्र्याउने उद्देश्यले कृषि एक्सपोको आयोजना गरिएको थियो ।
-श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहकार्यमा श्रमधान रोजगार मेला २०८१ को आयोजना गरेको थियो । सीप र क्षमता भएका र जागिरको खोजीमा रहेका युवाहरुलाई रोजगारी प्राप्तिको यो एक महत्वपूर्ण अवसर भएको थियो ।
-आध्यान्त फण्ड मेनेजमेन्ट र उपाय सोलुशनको सहकार्यमा उद्योगी व्यवसायीहरूको आवश्यकतालाई महसुस गरेर व्यवसाय विकास सेवा (Business Development Services) को सुरुवात गरिएको छ ।
– यस प्रदेशका औद्योगिक प्रतिष्ठानहरूको कामदारहरूको माग र आपूर्ति बीचको ग्यापलाई सम्बोधन गर्न द्रुत बजार विश्लेषण (Rapid Market Assesment) सम्बन्धी सफ्टवेयर निर्माण गरी उद्योग प्रतिष्ठानहरूलाई यसमा पहुँच प्रदान गरेका छौं ।
– कोशी प्रदेशको उच्च आर्थिक वृद्धिको सम्भावना भएका कृषि पर्यटन र डिजिटल सेवा क्षेत्रका साना तथा मझौला व्यवसायलाई लक्षित गरी आद्यान्त फन्ड म्यानेजमेन्ट र सहज सँगको सहकार्यमा लगानी योग्य बनाउने कार्यको सुरुवात भएको छ ।
– सीमान्तकृत, अवसरबाट वञ्चित, अपाङ्गता भएका महिला उद्यमीहरूको क्षमता अभिवृद्धिमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
-कृषि बजार विकासको लागि सार्वजनिक निजी साझेदारी मार्फत सरकार र निजी क्षेत्रको सहकार्यलाई अघि बढाउन स्विस कन्ट्याक्ट सहज परियोजना मार्फत संवाद कार्यक्रमगर्दै आएको छ । यसबाट नीतिगत तहमा कृषि क्षेत्रका केही विषयहरु सम्बोधन भएका छन् । कृषिको व्यवसायीकरणमा यसले महत्व पूर्ण भूमिका खेलेको छ ।
– यस महासंघ अन्तर्गतका जिल्ला/नगर उद्योग बाणिज्य संघ तथा वस्तुगत संघको सेवा प्रवाहलाई छिटो छरितो बनाउन सफ्टवेयर वितरण गरेको छ । साथै सचिवालयका कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्नकालागिअन्य प्रदेशमा रहेका उद्योग वाणिज्य संघहरुमा सिकाई तथा अध्ययन भ्रमण गराउनुका साथै विभिन्न कार्यक्रमहरु संचालन गरिएको छ ।
-उदय परियोजनाको सहकार्यमा आगामी दिनमा साना व्यवसायहरुको प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु संचालन गरिने छ ।
-यस महासंघको महिला उद्यमी विकास समितिले महिला उद्यमीहरुको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले आगामी फागुन महिनामा ढाका महोत्सवको आयोजना गरिने तयारी भईरहेको छ ।
– औद्योगिक क्षेत्रका अग्रज उद्यमीहरुद्वारा उत्पादनमूलक उद्योग व्यवसायको हक हितको संरक्षण तथा प्रवर्धन गर्ने साझा उद्देश्य तथा आर्थिक एवं औद्योगिक क्षेत्रको प्रवद्र्धन विकासको माध्यमवाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने लक्ष्यका साथस्थापित यस महासंघलाई आजको यस अवस्थासम्म ल्याई पुराउन योगदान गर्नु हुने अग्रज उद्योगी व्यवसायीहरु, पूर्व अध्यक्षज्यूहरु एव सम्पूर्ण सदस्य ,औद्योगिक प्रतिष्ठानहरु तथा सरकारी तथा गैहसरकारी क्षेत्र नेपाल सरकार तथा विदेशी नियोगका साझेदार संस्थाहरु राजनीतिक दल लगायत सम्पूर्ण उद्योगी व्यबसायीहरुमा आजको यस शुभ–अवसरमा हृदयदेखि नै आभार प्रकट गर्दछु ।
–नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सातौं प्रदेश सभा तथा भवन शिलान्यास कार्यक्रममा नेपाल उद्योग वाणिज्यमहासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले प्रस्तुत गर्नु भएको मन्तव्यको सम्पादित अंश–सम्पादक