कोसी अस्पतालमा फोहोर गर्नेलाई कारवाही, संरक्षण नगर्न दलहरुलाई आग्रह

विराटनगर, १३ जेठ । कोशी अस्पतालको सुधारको लागि सरसफाईबाट काम शुरु गर्ने अस्पताल प्रशासनले जनाएको छ ।

तत्कालगर्न सकिने काम सरसफाई नै भएको कारण अहिलेलाई सरसफाईमा कडाई गर्ने अस्पताल प्रशासनको तयारी छ । संवाद समुहको आयोजनामा विराटनगरमा भएको संवादको क्रममा अस्पतालल विकास समिति र अस्पताल प्रशासनले फोहोरमैला ब्यवस्थापन गर्न कानुनी कार्वाहीमाजाने तयारी गरेको हो ।

अस्पताल प्रबेश गर्दादेखिनै धुम्रपान र मध्यपान प्रबेश गरेर अस्पतालभित्र प्रवेश नदिईने, यदी सुर्ती तथा सुर्तीजन्य पद्धार्थ प्रयोग गर्दै कार्यलय परिसर भित्रप्रवेशगरी मनपरी थुक्ने, फोहोर फाल्ने गरेको पाईएमा कानुनी प्रक्रियामा लगिने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट यज्ञ खरेलले बताउनुभयो । अस्पतालको गेट देखि भित्रैसम्म सिटी र अटोका कारण समस्या रहेकोले त्यसलाई ब्यवस्थापन गर्न नेकपा एकिकृत समाजवादीका नेता महेश रेग्मीले सुझाव दिनुभएको छ ।

उपभोक्ता वादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले सुचना प्रणालीलाई ब्यवस्थित गर्नु पर्ने बताउनुभयो । अनुहार चिनिने मान्छे गयो भने सहजै्र उपचार पाउने र नयाँब्यक्ति उपचारको लागि गयो भने अलमल पर्नु पर्ने अबस्थाको अन्त्यगर्न उहाँले आग्रह गर्नुभयोे । नेपाली कांग्रेसका उपसभापति भक्तिनाथ माझीले सरसफाईमा धेरै काम भए पनि नागरिकका समस्यामा अस्पतालले अझै काम गर्न नसकेको बताउनुभयो ।

नेकपा एमालेका सचिव रुपेश खतिवडाले अस्पताल सुधार गर्दैछौँ भनेपनि सामान्य नागरिकले सेवा पाउन निक्कै गाह्रो रहेको बताउनुभयो ।