प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन

विराटनगर १६ असोज । प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ ।

बुधवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनको नाम अनुमोदन गरेको हो । राउतको समितिले बुधबार नै सुनुवाइ गरेको हो ।

सुनुवाइ सकिएपछि समितिले प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।