विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना प्रस्तुति कार्यशाला

विराटनगर १८ साउन । जिल्ला प्रशासन कार्यालय मोरङले बर्षायाममा हुन सक्ने जोखिमबाट बच्नको लागि पुर्वतयारी तथा प्रतिकार्य योजना कसरी गर्न सकिन्छ भन्ने बारे छलफल गरेको छ ।

आज जिल्ला प्रशासन कार्यालयमा जिल्ला विपद पूर्वतयारी तथा प्रतिकार्य योजना प्रस्तुति कार्यशाला गोष्ठीको आयोजना गरेर बर्षा याममा हुन सक्ने जोखिम एवं धनजनको सम्भावित क्षति न्युनिकरणका लागि पुर्वतयारी एवं प्रतिकार्य गर्ने विषयमा छलफल गराइएको थियो ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले आवश्यक्ता अनुसार जुन क्षेत्रले जे गर्न सक्छ त्यसको व्यवस्थापन गर्न सवैपालिकाहरुलाई आग्रह गर्नुभयो । उहाँले आपत आउदा समस्या पर्ने भएकाले यसको विषयमा आफ्ना पालिकाहरुमा तयारी अवस्थामा रहना आग्रह समेत गर्नुभयोे ।

प्रमुख जिल्ला अधिकारी भट्टराइले आ–आफ्ना पालिकामा हुन सक्ने विपद जस्तै बाढी, पहिरो, डुवान, सडक दुर्घटना, चट्याङ्, जनावर आतकं, हावाहुुरीबाट क्षती हुन सक्ने स्थानहरुमा तत्काल सुरक्षा अपनाउन र नगन्य रुपमा अचान हुने आगलागिबाट पनि बच्नको लागि सतर्कता अपनाउन पर्ने बताउनुभयो । उहाँले सडक विभाग, विद्युत प्राधिकरण लगायतलाई समयमै काम सक्न आग्रह समेत गर्नुभयो ।

बर्षेनी बाढी आउने र पहिरो आउने साथै डुवान हुने क्षेत्रको पहिचान भएता पनि ति क्षेत्रमा रहेका बस्तीहरुलाई समायोजन गर्न नसक्दा घटना दोहोरी रहने गरेको सहभागिहरुले बताउनुभयो ।

सो कार्यशाला गोष्ठीमा मोरङ जिल्ला भरि एक बर्षमा भएका विभिन्न घटनाहरुको विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो । नदी कटान, कमजोड तटबन्द र नदिले आफ्नो बहावबाट परिर्वतन ल्याउदा पनि जोखि हुने खतरा रहेको बताइएको छ ।

सो कायक्रममा मोरङका विभन्न पालिकका प्रमुखहरु कार्यकारी अधिकृतहरु, सुरक्षा निकायका प्रमुखहरु, विभिन्न पार्टीका प्रतिनिधीहरु, संघ सस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।