उर्लाबारी ६ लाई नमूना वडा बनाउने छु : घनस्याम भण्डारी

उर्लाबारी, १७ वैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मोरङको उर्लाबारी ६ मा नेकपा एमालेबाट वडाध्यक्षमा उम्मेदवारी दिएका घनस्याम भण्डारीले वडामा निर्वाचित भए नमूना वडाका रुपमा विकास गर्ने बताएका छन् ।
व्यवस्थित बसोबास, दीर्घकालिन योजना बनाई डे«न सहितको सडक कालोपत्रे, व्यवस्थित हाट बजार, नदी नियन्त्रण, गुणस्तरिय सेवा प्रदान लगायतका काम गरिने बताएका छन् । प्रतिबद्धता पत्र सार्वजनिक गर्दै ५ वर्षभित्रमा वडामा आमूल परिवर्तन गर्ने उद्घोष गरेका छन् ।
वडाध्यक्षका उम्मेदवार भण्डारीका प्रतिबद्धताहरु
– उर्लाबारी मधुमल्ला रवि सडक निर्माणका लागि वडाबाट गर्नुपर्ने सम्पुर्ण पहल गरिने ।
– ढल निकासका लागि आवश्यक नाला निर्माण गरि घर बसोबास र ब्यवसायिक क्षेत्रमा पुर्याएको क्षति को न्यूनीकरण गरिने ।
-उर्लाबारी –६ खानेपानी देखि उत्तर सिमानावस्ती सम्मको सडक ड्रेन सहित कालोपत्र गरिने ।
-शहरी बिकास मन्त्रालयले निर्माण गरिरहेको उर्लाबारी बसपार्क लाई सम्पन्न गर्न आवश्यक पहल गरि प्रारम्भमा मधुमल्ला र

टाँडी जाने बसलाई ब्यवस्थापन गरिने ।
-अव्यवस्थित रूपमा रहेकोे शुक्रबारे हटिया लाई जग्गा को ब्यवस्था गरि एकीकृत र ब्यवस्थित बजार ब्यवस्थापन गरिने ।
-उर्लाबारी –६ हाटखोलामा निर्माण प्रारम्भ भएको कृषि बजार लाई सम्पन्न गरि ब्यवस्थित र एकीकृत बजार निर्माण गर्ने ।
-मावाखोलामा बाँकी रहेको स्थानमा तटबन्धको ब्यवस्था गरि वडालाई नदिकटान बाट हुने क्षति लाई न्यूनीकरण गरिने ।
-हाटखोला ,बाधडाँडा,सिमाना बस्ती लगाएतको क्षेत्रमा रहेका स्थानीय बासिन्दाको बर्षाै देखिको जग्गा को समस्या लाई समाधान गर्न वडाको तर्फबाट पहल गर्ने ।
-निर्माणाधीन वडाकार्यालय लाई गुणस्तरीय रूपमा सम्पन्न गरि छिटो र ब्यवस्थित सेवा प्रवाहको प्रारम्भ गरिने ।
-वडामा बसोबास गर्ने समुदायलाई शिक्षा ,स्वास्थ , खानेपानी , बिजुली लगाएतका आधारभुत बिषयमा स्रोत सुनिश्चितता गरिने ।
-निर्माणाधीन बहुउद्देश्यीय ब्याडमिन्टन कवर्डहल लाई सम्पन्न गरिने ।
-यस क्षेत्रकै ठूलो विद्यालय राधिका माविमा अझ ब्यवस्थित रुपमा प्राबिधिक र ब्यवसायिक बिषयलाई जोड गरि सिपमुलक र दक्ष विद्यार्थी उत्पादनमा जोड दिने ।
-दाताबाट प्राप्त संचार क्लब नेपालको जग्गामा बहुउद्देश्यीय सामुदायिक हल सहितको भवन निर्माण गर्न पहल गरिने ।
-उर्लाबारी –६ बाँधडाँडाको पुर्व लाईनबाट बाटोको निकास निकालिने ।
-राधिका माविसंगको सहकार्यमा खेलकुद मैदान लाई रंगशालाको रुपमा बिकास गर्न आवश्यक पहल गरिने ।
-विभिन्न खेलकुद प्रतियोगिता मार्फत खेलाडी पहिचान र उत्पादनमा जोड गरिने ।
-सिपमुलक र रोजगारकेन्द्रित तालिम मार्फत युवा बेरोजगारी लाई न्युनिकरण गरिने ।
-गरिबीको रेखामुनि रहेका वडाबासिलाई निशुल्क खानेपानी र बिजुली को प्रबन्ध गरिने ।
-वडालाई फुसको छाना मुक्त गरि जनता आवास कार्यक्रममा समाबेश गरिने ।
-वडालाई सफा सुन्दर र हरियालीयुक्त बनाउन सडक दाँयाबायाँ एवं नदि तटबन्ध गरिएको क्षेत्रमा बिरुवा रोपण गरि हुर्काउने र एक घर न्युनतम एक बिरुवा हुर्काउन प्रोत्साहित गरिने ।
-फोहोर ब्यवस्थापन गर्न कुहिने र नकुहिने फोहोर लाई अलगअलग रूपमा संकलन गरि कुहिने लाई मल उत्पादन गर्न प्रयोग गरिने ।
-वडाका कृषकहरुलाई समानुपातिक रुपमा कृषि सामग्री प्रदान गरि करेसावारि खेती ,कौशिखेती र ब्यवसायिक पशुपालनलाई जोड दिदै बिमा र अनुदानमा जोड दिने ।
-आदिवासी जनजाति र दलित समुदायको परम्परागत पेशा र सिपलाई प्रोत्साहित गरि उत्पादनमा जोडदिदै ब्यवसाय र बजारीकरणमा जोड दिने र बैंक सहकारी र बित्तिय संस्था हरुलाई न्युनतम ब्याजको लागि पहल गरिने ।
-वडाले प्रदान गर्ने सम्पुर्ण सेवा र तालिम कार्यक्रम लाई पारदर्शी र जनउत्तरदाइ बनाईने ।
-महिला दिदीबहिनी हरुको सहभागितामा सञ्चालन गरेका सिपमुलक र रोजगार मुलक कार्यक्रम लाई प्रोत्साहित गर्न अनुदानको ब्यवस्था गरिने र बैंक, सहकारी र बित्तिय संस्था हरुलाई न्युनतम ब्याजको लाई पहल गरिने ।
-महिला, बालबालिका, जेष्ठनागरिक एवं अपांगता भएका बडाबासिहरुलाई घुम्ती शिबिर मार्फत वडाले दिने सेवासुबिधा घरमै प्रदान गर्ने ।