एमालेद्धारा विराटनगर, इटहरी र धरानका प्रमुख, उपप्रमुखको नाम सिफारिस

विराटनगर, ८ वैशाख । नेकपा एमाले प्रदेश १ ले विराटनगर महानगरपालिकाको प्रमुखका लागि पूर्व सामाजिक विकास मन्त्री तथा केन्द्रीय सदस्य जीवन घिमिरे सहित ६ जनाको नाम केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ ।

घिमिरेको उम्मेदवारी प्रतिपक्षी दलका उम्मेदवार अनुसार अघि बढाउन–नवढाउने निर्णय हुने एक नेताले बताए । प्रदेश कमिटीले उनको नाम केन्द्रीय कमिटीलाई रायका रुपमा पठाएको छ ।

प्रदेश कमिटीले यसअघि महानगर कमिटीले दिएको सुझाव अनुसारकै नामलाई केन्द्रमा पठाएको छ । महानगर प्रमुखका लागि महानगर अध्यक्ष सागर थापा, केन्द्रीय सदस्य रामलाल साह, जिल्ला उपाध्यक्ष बाबुराम कार्की, पर्शुराम बस्नेत र महेश भट्टराई सिफारिस भएका हुन् ।

महानगर उपप्रमुखका लागि शिल्पा कार्की, विमला दाहाल (घिमिरे) र अन्जु उपाध्याय (शिवा) को नाम सिफारिस गरेको प्रदेश कमिटीका सचिव चिन्तन पाठकले बताए ।

प्रदेश १ कमिटीले सुनसरीका इटहरी र धरान उपमहानगरका आकांक्षीहरुको नाम पनि सिफारिस गरेको छ । इटहरीको प्रमुखमा नगर कमिटी अध्यक्ष यामकुमार सुब्बा, बहालवाला उपप्रमुख लक्ष्मी गौतम, तैयव हुसेन र रामप्रसाद चौलागाँईको नाम सिफारिस भएको छ । यसअघि नगरकमिटीले सिफारिस गरेका नगर प्रमुख द्धारिकलाल चौधरीको नाम भने काटिएको छ । उपप्रमुखमासंगीता चौधरी, अमला श्रेष्ठ, अम्बिका चौधरी, बिष्णु शर्मा र रामचरण चौधरीको नाम सिफारिस भएको हो ।

धरानको प्रमुखमा मोतिराज सुनुवार, बहालवाला उपप्रमुख मञ्जु भण्डारी, विजय राई र मनोज मेयाङ्बोसहित चारजनाको नाम सिफारिस गरेको छ ।

उपप्रमु इटहरीमा यामकुमार सुब्बा, वर्तमान उपप्रमुख लक्ष्मी गौतम, तैयव हुसेन र रामप्रसाद चौलागाँईको नाम मेयरमा सिफारिस भएको छ । त्यस्तै उपप्रमुखमा संगीता चौधरी, अमला श्रेष्ठ, अम्बिका चौधरी, बिष्णु शर्मा र रामचरण चौधरीको नाम सिफारिस भएको प्रदेश सचिव पाठकले जानकारी दिए । उनका अनुसार प्रदेश कमिटीले सिफारिस गरेका नामहरु केन्द्रीय कमिटीमा पठाईसकिएको छ ।