विराटनगर २० चैत । १६ औ विश्व अटिजम सचेतना दिवस विभिन्न कार्यक्रम गरि विराटनगरमा पनि मनाईएको छ ।
अटिजम केयर सोसाइटी र राउण्ड टेवल विराटनगरको सहकार्यमा शनिबार साँझ अटिजमको बिषयमा जनचेतना जगाउने उद्देश्यले विराटनगरस्थित सेन्ट्रल मलको प्राङगणमा सचेतनामुलक कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा अटिजम केयर सोसाइटी विराटनगरका अध्यक्ष निधिरत्न बास्तोलाले अटिजम भएका व्यक्तिहरुको अधिकार र पहिचान सुरक्षित गर्दै यस बिषयमा चेतना अभिबृद्धि गर्नको लागि यस कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।
अटिजम भएका बालबालिकाको उपचार गर्दै आएका नवजात शिशु तथा बालरोग बिशेषज्ञ डा. सुमित घिमिरेले अटिजम एउटा जन्मजात हुने विशेष खालको बिकासको समस्या भएको बताउनुभयो । यसले बालबालिकाको बृद्धि बिकाससगै बढ्दै जाने सीप, सामाजिक कठिनाई, सञ्चार गर्ने क्षमता कमी हुने बताए ।
१६ औ अटिजम जनचेतना दिवसको अवसरमा सोसाइटीले आयोजना गरेको कार्यक्रमा उपस्थित हुनु हुने बाल रोग बिसेसज्ञ डाक्टर सुमित घिमिरे , फिसिसियन डाक्टर अमित कुमार अग्रहरि, कार्यक्रमको सहयोगि सस्था राउन्ड टेबल नेपाल, विभिन्न संघसस्थाबाट आउनु भएका समाजसेवी, बुद्धिजिबि, अभिभावकहरु लगायतको उपस्थिति रहेको थिए ।