भीम रावलसँग निर्णायक वार्ता गर्ने जिम्मा पौडेललाई

विराटनगर १८ चैत । नेकपा एमालेले पार्टीका पूर्वउपाध्यक्ष डा. भीम रावलसँग संवाद गर्न तीन सदस्यीय टोली गठन गरेको छ ।

पार्टी उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा प्रदेश इञ्चार्ज लेखराज भट्ट र कर्ण थापा सदस्य रहेको समिति गठन गरेको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिएनुभयो ।

उहाँका अनुसार आज काठमाडौंमा बसेको एमालेको सचिवालय बैठकले सो निर्णय गरेको हो ।