अखिल क्रान्तिकारीद्धारा महेन्द्र मोरङमा उम्मेदवारी घोषणा

विराटनगर २४ फागुन । अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पस कमिटिद्धारा चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि उम्मेदवारी घोषणा गरेको छ ।

विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापतिमा रोहित यादव विकास र सचिबमा आशिका लम्सालको उम्मेदवारी घोषणा गरिएको हो । अखिल क्रान्तिकारीले बिहीबारसम्ममा अन्य पदाधिकारी र सदस्यहरू टुंगो लगाउने अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पसको इन्चार्ज अभिमन्यु यादवले बताउनुभयो । महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापातिको उम्मेदवारी दिएका यादव महेन्द्र मोरङ क्याम्पसमा बीबीएस प्रथम वर्षमा अध्यरत रहेका छन् । सचिबको उम्मेदवार दिनुभएकी लम्साल बीए अन्र्तगतको राजनैतिक शास्त्र लिएर अध्यनरत हुनुहुन्छ । उहाँ अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पस कमिटिको अध्यक्ष पनि हुनुहुन्छ । उम्मेदवार घोषणा कार्यक्रममा बोल्दै सचिबकी उम्मेदवार लम्सालले विद्यार्थीहरूको हकहितको लागि पर्ने बताउनुभयो । महेन्द्र मोरङ क्याम्पसको शैक्षिक गुणस्तर सुधारदेखि लिएर विद्यार्थीहरुलाई सहज रूपमा अध्ययन हुने व्यवस्था लागू गर्न लागि पर्ने उहाँले बताउनुभयो । उम्मेदवार घोषणा कार्यक्रममा माओवादी केन्द्र प्रदेश १ का सदस्य तथा युवा नेता देवा यादवले आफ्नो संगठन स्थापित गर्न अखिल क्रान्तिकारीले एकल रुपमा उम्मेदवारी दिएर चुनावमा लड्ने बताउनुभयो । कार्यक्रममा अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरुको बीचमा उम्मेदवारी घोषणा गरिएको हो ।

महेन्द्र मोरङ क्याम्पसमा स्वीयूमा २१ सदस्यीय कार्यसमितिको लागि हुन लागेको निर्वाचनमा ५ हजार ९४२ जना मतदाता रहेका छन् । त्रिभूवन विश्वविद्यालयले स्वीयु निर्वाचनको कार्यतालिका अनुसार समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता फागुन २७ गतेलाई तोकिएको छ । कार्यतालिकाअनुसार मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ । यस्तै कार्यतालिका अनुसार फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी–विरोध र फागुन २८ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ । स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशनपछि क्याम्पसको वार्षिक प्रणालीअन्तर्गतका स्नातक प्रथम वर्षको विद्यार्थी भर्ना बन्द गरिएको छ । स्ववियू निर्वाचनमा २८ वर्ष उमेरहद र मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन गर्न लागिएको हो ।

निर्वाचनमा विसं २०५१ चैत १८ गते जन्ममिति र सोभन्दा पछि जन्मेका विद्यार्थी उम्मेदवार हुन पाउनेछन् ।