प्रदेश १ का स्वास्थ्यमन्त्री यादवले एक वर्षमा के गरे ? सूची सहित

विराटनगर, ७ कात्तिक । प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले प्रदेश सरकारको मन्त्रीमा नियुक्त भएको एक वर्ष पुग्न लाग्दैछ । एक वर्षको अवधिमा उहाँले प्रदेशको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण कार्य गर्नुभएको छ ।

०७४ को प्रदेशसभा निर्वाचनमा मोरङ ५ (ख) बाट जनता समाजवादी पार्टीबाट निर्वाचित यादव प्रदेश सरकारको पहिलो कार्यकालको अन्त्य तिर मन्त्रीमा नियुक्त हुनु भएको हो ।
आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनमा पुन : मोरङ ५ (ख) बाट उम्मेदवारी दिनु भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्री हुँदै स्वास्थ्य मन्त्री बन्नु भएका यादवले प्रदेशको समग्र स्वास्थ्यको क्षेत्रमा एक वर्षको अवधिमा उल्लेखनिय कार्य गर्नु भएको छ । हेर्नुस्

अस्पतालतर्फ

  • कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र लाइ संक्रामक रोग तथा सघन उपचार केन्द्र नामांकन गरि सो अस्पताल संचालन गर्ने कार्यको लागि कार्यदल गठन गरेको |
  • प्रदेश अस्पताल भद्रपुर झापा लाइ २०० बेड,तेरह्थुम,भोजपुर,पाँचथर अस्पतालहरुलाइ ५० बेड मा स्तोरनती गरेको |
  • ९ वटा (सोलुखुम्बु, तेह्रथुम, खोटाङ, ताप्लेजुङ, ओखलढुङ्गा, उदयपुर, इलाम, इनरूवा अस्पताल र मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर) अस्पतालमा अक्सिजन प्लान्ट जडान भएको।
  • ९ वटा (ताप्लेजुङ, पाँचथर, इलाम, मेची, तेह्रथुम, धनकुटा, सोलु, उदयपुर र मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर) अस्पतालमा Mortuary (शव गृह) का लागि फ्रिज खरिद गरिएको।
  • मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा ओपिडी हल निर्माण भएको।
  • मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा C-arm Compatible Fracture table Echocardiographyमेसिन खरिद गरिएको।
  • उदयपुर अस्पतालमा GA   C-ARM मेसिन खरिद गरिएको।
  • उदयपुर अस्पतालमा Ramp निर्माण तथा स्टोर हल सहितको प्रशासनिक कक्ष निर्माण गरिएको।जिल्ला अस्पताल पाँचथर तथा इलाममाDRएक्स रे मेसिन खरिद गरी जडान गरिएको।
  • जिल्ला अस्पताल खोटाङ्गमा hematology analyzer (5 parts)खरिद गरिएको।
  • जिल्ला अस्पताल खोटाङ्गको अस्पताल परिसर पीच तथा गाडी पार्किङ निर्माण भएको।
  • जिल्ला अस्पताल धनकुटालाई १०० शैयामा स्तरोन्नतिका लागि DPR तयार भएको।
  • ताप्लेजुङ र इलाम अस्पतालमा म्याटर्निटी वेटिङ्ग होम निर्माण भएको।
  • ४ वटा अस्पतालमा (इलाम, उदयपुर, खोटाङ अस्पताल र मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर) माइक्रोबायोलोजी ल्याव सेवा बिस्तार गरिएको।
  • ताप्लेजुङ, पाँचथर, इलाम, मेची, धनकुटा र संखुवासभा अस्पतालहरूको भवन मर्मत सम्भार गरिएको।
  • टेलिमेडिसन सेवा सञ्चालनका लागि उपकरण खरिद गरिएको।
  • इलाम अस्पतालमा डायलाइसिस सेवा सञ्चालनका लागि सेट तयार भएको।
  • स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि8 वटा अस्पताल (इलाम, इनरूवा, ओखलढुङ्गा, खोटाङ, तेह्रथुम, पाँचथर अस्पताल, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर र रंगेली अस्पताल) मा Automatic Hospital Laundry Washing Machine with Dryerखरिदगरी जडान गरिएको।
  • जिल्ला अस्पताल इनरूवा, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर र रंगेली अस्पतालमा फोहोर व्यवस्थापनका लागि अटोक्लेभ मेसिन खरिदगरिएको।
  • इनरूवा, उदयपुर, ताप्लेजुङ, धनकुटा, पाँचथर अस्पताल, मदन अस्पताल भण्डारी तथा ट्रमा सेन्टर र रंगेली अस्पताल गरी ७ वटा अस्पतालमा फोहोर व्यवस्थापन भवन निर्माणभएको।

जनस्वास्थ्यतर्फ

  • स्वास्थ्य चौकी सवलीकरण कार्यक्रममार्फत ७2 वटा स्वास्थ्य चौकीको सबलीकरण गरिएको।
  • प्राथमिक स्वास्थ्य केन्द्र सवलीकरण कार्यक्रममार्फत १5 वटा सबलीकरण गरिएको।
  • सदरमुकाम बाहिर रहेका स्वास्थ्य संस्थाहरूको मर्मत सम्भार कार्यक्रम अन्तर्गत ५९ वटा स्वास्थ्य संस्थाको मर्मत सम्भार गरिएको।
  • प्रदेश सरकार मातहतका अस्पताल( मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर,प्रादेशिक अस्पताल भद्रपुर,जिल्ला अस्पताल उदयपुर,पाँचथर, भोजपुर,सुनसरी, सोलुखुम्बु,ओखलढुङ्गा)लागिप्रदेश आपूर्ति व्यवस्थापन केन्द्रबाट वर्गका ९ वटा एम्बुलेन्स र २ वटा (प्रादेशिक अस्पताल भद्रपुर,जिल्ला अस्पताल उदयपुर) शव बहान खरिद गरी वितरण गरिएको।
  • नियमित औषधी तथा अन्य सामग्री व्यवस्थापनमा सहजता ल्याउनका लागि ८ वटा स्वास्थ्य कार्यालय (इलाम, ओखलढुङ्गा, खोटाङ, झापा, तेह्रथुम, धनकुटा, पाँचथर र मोरङ)का लागि गाडी खरिद गरिएको।
  • धनकुटा, पाँचथर र भोजपुर जिल्लाका 3 वटा प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम घर निर्माण भएको।
  • एक पालिका एक महिला स्वास्थ्य स्वयंसेविका सम्मान कार्यक्रममार्फत १३७ जना स्वयंसेविकाको सम्मान गरिएको।
  • हेमोफिलिया भएका ब्यक्तिहरुका लागि एन्टिहेमोफिलिक फ्याक्टर व्यवस्थापन गर्न हेमोफिलिया सोसाइटी नेपाल, प्रदेश १ लाई अनुदान उपलब्ध गराइएको।
  • आङ्ग खस्ने समस्या भएका २०७ जना महिलाहरूको निःशुल्क शल्यक्रिया गरिएको।
  • सबै जिल्लामा स्वास्थ्यकर्मीहरूका लागि आधारभूत तथा आकस्मिक सेवा अन्तर्गत आँखा, नाक, कान, घाटी तथा मुखको स्वास्थ्य सम्बन्धी प्राथमिक उपचारबारे प्रशिक्षण प्रशिक्षक तालिम सम्पन्न भएको।
  • क्षयरोगका जोखिम समूहमा क्षयरोग स्क्रिनिङ तथा सक्रिय खोजपड्ताल कार्यक्रम सम्पन्न गरिएको।
  • सुनसरी र ताप्लेजुङ जिल्ला पूर्ण खोप सुनिश्चितता भएको ।
  • टाइफाइड खोप अभियान सञ्चालन गरिएको।नियमित खोपका लागि सुक्ष्म योजना निर्माण कार्यक्रम सम्पन्न भएको।
  • मोरङ जिल्लाका ४ वटा स्थानीय तह सुन्दरहरैंचा नपा,लेटाङ नपा, धनपालथान गापा र जहदा गापामा समुदायमा आधारित नसर्ने रोग सम्बन्धी पाइलट कार्यक्रम सञ्चालन गरी महिला स्वयंसेविकाद्धारा समुदायस्तर मै मधुमेह पहिचानका लागि ५ हजार १३ जनाको रगतमा ग्युल्कोजको मात्रा मापन, उच्च रक्तचापपहिचानका लागि ६ हजार ४३९ जनाको रक्तचाप मापन गरिएको।उक्त स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई नसर्ने रोग निदान तथा व्यवस्थापन सम्बन्धी अभिमूखीकरण गरिएको।समुदायमा रोगपहिचान भएका व्यक्तिहरूलाई स्वास्थ्य संस्थामा प्रेषण गरी समयमै उपचार/ औषधी सेवन गर्न परामर्श दिएको।
  • १२ वटा स्थानीय तहमा रहेका Birthing Centre को स्तरोन्नति तथा सुदृढीकरण गरिएको। जसका लागि११ वटा एसी, १० वटा सेमी अटो एनालाइजर मेसिन तथा १० वटा क्विल्टर काउन्टर मेसिन तथा अन्य आवश्यक औजार/उपकरण खरिद गरिएको।
  • घरमा आधारित वृद्धि अनुगमन कार्यक्रमका लागि जोख्ने झोला सहित १ हजार ६९० वटा साल्टर स्केल र १४८00 किलोग्राम सुपर सेरल फलावर खरिद गरिएको।
  • झापा, मोरङ र सुनसरी जिल्लामा रहेका १८ वर्ष मुनिका ८५ जनाHIV  संक्रमित बालबालिकाहरूलाई मासिक १ हजारका दरले पोषण भत्ता उपलब्ध गराइएको।

औषधी तथा औषधीजन्य सामग्री व्यवस्थापन

  • आपतकालीन अवस्थाका लागि औषधी तथा औषधीजन्य सामग्री खरिद गरी वितरण गरिएको।
  • औषधि खरिद (वफर स्टक तथा मानसिक स्वास्थ्य र नसर्ने रोग सम्बन्धी) गरिएको।
  • MCHNकार्यक्रम निरन्तरता तथा आपतकालीन पोषणको लागि समेत१५० हजार के.जी. फोर्टीफाइड पिठो (Supercereal) खरिद गरिएको ।साथै IMNCIकार्यक्रमको लागि औषधी खरिद गरिएको।
  • नसर्ने रोग सम्बन्धी कार्यक्रमको औजार उपकरण खरिद गरिएको।
  • सुत्केरी तथा गर्भवती आमा र विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको लागि किशोरीहरुलाई साप्ताहिक आइरन फोलिक एसिड र Albendazole (जुकाको औषधी) खरिद गरिएको।
  • ग्रामीण आमा स्वास्थ्य सुरक्षा कार्यक्रमका लागि ४८ लाख क्याल्सियम खरिद गरिएको।
  • Oxytocin, Ma.sul, Cal.gluconate, Vitamin k1, Mesoprostol, Tranexamin acidखरिद गरिएको।
  • महामारी र विपद व्यवस्थापनका लागि आवश्यक पर्ने औषधि तथा उपकरण र औजार लगायतका सामग्री खरिद गरिएको।
  • औषधि खरिद ( वफर स्टक तथा मानसिक स्वास्थ्य र नसर्ने रोग सम्बन्धी) NCD Medicineखरिद गरिएको।
  • ल्याब परीक्षणका लागि आवश्यक केमिकल्सको व्यवस्थापन गरिएको।
  • Implant insertion 625, Implant removal 625, IUCD  insertion 450, IUCD removal  450, Minilap set 100, Vasectomy set 100 खरिद गरिएको।

जनस्वास्थ्य प्रयोगशाला सम्बन्धी

  • स्नातकोत्तर क्याम्पसको जग्गा लिजमा लिइसेभ द चिल्ड्रेनमार्फत विराटनगरमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माण कार्य अन्तिम चरण रहको ।
  • पि.सि.आर. परीक्षणका लागि स्वाव संकलन तथा परीक्षणको व्यवस्थापन गरिएको।
  • पि.सि.आरका लागि आवश्यक पर्नेReagentतथा सहायक सामाग्रीहरू खरिद गरिएको।
  • प्रयोगशालामा आवश्यक ल्याव सामग्री, औजार तथा उपकरण खरिद तथा जडान गरिएको।
  • प्रयोगशालाको परिसरमा ग्यारेज तथा जेनेटर हाउस निर्माण भएको।

कोभिड- १९ रोकथाम तथा नियन्त्रण सम्बन्धी

  • सबै जिल्ला अस्पताल र कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा कोभिड-१९ का बिरामीहरूको निशुल्क उपचारको व्यवस्था मिलाइएको।
  • प्रदेश जनस्वास्थ्य प्रयोगशाला, मेची अस्पताल, धनकुटा अस्पताल तथा अन्य अस्पतालद्वारा निःशुल्क पिसिआर परीक्षण गर्ने व्यवस्था मिलाइएको।
  • कोशी अस्पताल, कोभिड -१९ उपचार केन्द्रमा खटिएका डाक्टर, स्वास्थ्यकर्मी तथा सहयोगी कर्मचारीहरूका लागि आवास, खाना र खाजाको व्यवस्था मिलाइएको।
  • प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रद्वारा कोभिड-१९ उपचारका लागि चाहिने औषधि तथा औषधिजन्य सामग्री खरिद गरी व्यवस्थापन गरिएको।
  • ओखलढुङ्गा अस्पतालमा पी.सि.आर मेसिन खरिद गरिएको।
  • भारतीय सामा नाका झापाको काकरभिट्टा, इलामको पशुपतिनगर, विराटनगरको रानी र सुनसरीको भन्टावारीमा हेल्प डेस्क संचालन गरिएको।
  • सबै स्वास्थ्य कार्यालय मार्फत कोभिड-१९ महामारीको Antigen testingगरिएको।
  • कोभिड-१९ संक्रमितहरूलाई उपचार केन्द्रसम्म ल्याउन/लानका लागि एम्बुलेन्स र उपचारको क्रममा मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनका लागि शवबाहनको व्यवस्था मिलाइएको।
  • कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा स्वीस सरकारको सहयोगमा १५० सिलिन्डर क्षमताका २ वटा अक्सिजन प्लान्ट जडान भएको।
  • कोभिड-१९ विरूद्ध खोप अभियान सञ्चालन भइरहेको।

आयुर्वेद सम्बन्धी

  • आयुर्वेदमा वर्णन गरिएको रसायन गुण भएका औषधिहरु वितरण गरिएको।
  • आयुर्वेद स्वास्थ्य केन्द्र मोरङमा प्रकृतिक चिकित्साका केही सेवा र अक्युपञ्चर सेवा सुरु भएको ।
  • जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङ, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, उर्लावारी, मोरङ तथा प्रादेशिक अस्पताल, झापामा होमियोप्याथिक चिकित्सा सेवा सञ्चालनमा भएको ।
  • मोरङ, झापा, इलाम तथा उदयपुर गरी चार स्थानमा ३० जना विभिन्न पदका लागि करार सेवामा जनशक्ति लिई पञ्चकर्म, क्षारसूत्र, स:शुल्क फार्मेसी, फिजियोथेरापी लगायतका सेवा सञ्चालनमा ल्याइएको।
  • १३ वटा (कूल २६ जना जनशक्ति) स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना भएको र प्रदेश एवं जिल्लास्तरीय नागरिक आरोग्य समिति गठन भएको ।
  • सबै जिल्लामा विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सञ्चालन गरिएको।
  • सबै आयुर्वेद केन्द्रहरूमा ज्येष्ठ नागरिकको स्वास्थ्य प्रवर्धन कार्यक्रम सञ्चालन गरिएको।
  • स्तनपायी आमाहरूलाई मातृशिशु सुरक्षार्थ दुग्धबर्धक जटिबुटीजन्य औपधी वितरण गरिएको।
  • महामारी लक्षित व्याधी क्षमता अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिएको।
  • पूर्वाञ्चल क्षेत्रीय आयुर्वेद चिकित्सालय, लखनपुरको भवनसहित सम्पूर्ण जग्गा उपयोग एवं सञ्चालनका लागि नेपाल सरकारबाट  प्रदेश सरकारलाई उपलब्ध भएको।
  • प्रादेशिक आयुर्वेद अस्पताल सञ्चालनका लागि आवश्यक औजार/उपकरण, फर्निचर तथा औषधी खरिद गरिएको।