विराटनगर २८ भदौ । पुर्वाञ्चल विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयका सहायक नियन्त्रकलाई विद्यार्थीले दुई घण्टा कार्यकक्षमा थुनेका छन् ।
इस्टन कलेज अफ इन्जिनियरिङ विराटनगरका विद्यार्थीले विभिन्न माग राखेर छलफल गर्न जादा कुरै नसुनी आफुहरु माथि सहायक परिक्षा नियन्त्रक अजयकुमार साहले अभद्र व्यवहार गरेको आरोप लगाएका छन् ।
पुर्वाञ्चल विश्वविद्यालयले भदौ २३ गते प्रकाशित गरेको परिक्षा केन्द्र तोकीएको सूचना खारेज नगरी पुन :२५ गते नयाँ सुचना प्रकाशन गरेको र हाल संचालन भइरहेको परिक्षा अव्यवस्थित र अपारदर्शी भएको भन्दै विद्यार्थी आन्दोलित बनेका थिए ।
सञ्चालन भएको परिक्षा स्थगित गर्नु पर्ने, सवै सम्बन्धीत कलेजका परिक्षा केन्द्रहरु हरेक सेमेस्टरमा रोटेसनको आधारमा नियम अनुसार संचालन हुनुपर्ने, साथै परिक्षा केन्द्र परिर्वतन हुनुपर्ने जस्ता माग राखेर विद्यार्थी आन्दोलित भएका थिए ।