साताब्यापी एभरेष्ट स्पोट्र्स मीट सम्पन्न

विराटनगर ८ माघ । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा जारी स्पोट्र्स मिट आज सम्पन्न भएको छ ।

विभिन्न कक्षा समूहमा भएको स्पोट्र्स मिटमा विभिन्न खेलका स्पर्धाहरु भएका छन् । विजयी खेलाडी तथा हाउसलाई विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले मेडल प्रदान गरे । उनीहरुलाई विद्यालयको वार्षिकोत्सवको अवसरमा प्रमाणपत्र र पुरस्कार प्रदान गरिने विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा ढंगोलले बताइन्। गत शुक्रबारदेखि सुरु भएको स्पोट्र्स मिटमा सुरुमा नर्सरीदेखि कक्षा ३ सम्मका स्पर्धाहरु भएका थिए भने क्रमश, ४ र ५, ६ र ७ तथा ८ र ९ कक्षाका स्पर्धाहरु सम्पन्न भएका हुन् ।

कक्षा ८ र ९ को भलिबलको छात्र तर्फ मेची हाउस विजेता बन्दा कर्णाली हाउस उपविजेता बन्यो भने छात्रा तर्फ गण्डकी हाउस विजेता र कोशी हाउस उपविजेता बने ।

मेचीका तर्फबाट कक्षा ९ का धावा तामाङ, वेदराज चौधरी, अभय थापामगर, सुज्ञान कोइराला, राहुल यादव, आदित्य साहु सुज्ञान गौतम र कक्षा ८ का आयान लामिछाने र प्रिन्स राजवंशी खेले भने छात्राको विजयी टिममा कक्षा ९ का कृपा पोखरेल, रशिका कोइराला, अनन्या रौनियार, तृष्णा लामाछिाने, पालक रौनियार मान्वी साह र कक्षा ८ का प्रत्युशा हुमागाई, रोहना शर्मा र आरोही राईले खेलेका थिए ।

१०० गुणा ४ रिलेमा कक्षा ९ का जेनिशा थापा, अभिलाशा भगत , समृद्धि अधिकारी र दक्षता चौधरीको कर्णाली हाउस प्रथम हुँदा रोश्नी ओझा कक्षा ८ र कक्षा ९ का सोफिया राई , मान्यता बस्नेत र आश्ना सेढाईको कोशी हाउस दित्तिय र कक्षा ८ का श्रेया बराल, एन्जल भगत, साईरा कार्की र कक्षा ९ को आन्या रौनियारको गण्डकी हाउस तृतिय बन्यो । छात्र तर्फ कक्षा ८ का निरज महतो, आयुष चौधरी, समर्थन पाठक र स्वयम राज घिमिरेको गण्डकी हाउस प्रथम , कक्षा ९ का अचुत गिरी , राहुल यादव, धावा तामाङ र कक्षा ८ का सुदिन पोखरेलको मेचि हाउस दित्तिय र कक्षा ८ का निनोन केसी तथा कक्षा ९ का रसिद इर्साद, मो। अरमान र आभाष यादवको कर्णाली हाउस तृतिय भयो ।

२०० मिटर दौडमा छात्र तर्फ सामार्थ पाठक (८) प्रथम, निरज महतो (८) दित्तिय र अरमान खान (९) तृतिय हुँदा छात्रा तर्फ मान्यता बस्नेत (९) प्रथम, दक्षता चौधरी (९) दित्तिय र एन्जल भगत (८) तृतिय भए। १०० मिटर दौडमा छात्र तर्फ सामर्थ पाठक ९८० प्रथम, महमद अरमान(९) दित्तिय र सुदिन पोखरेल (८) तृतिय हुँदा छात्रा तर्फ आश्री सिग्देल (८( प्रथम, आश्ना सेढाईं (९) दित्तिय र एन्जल भगत (८) तृतिय भए ।
ज्याभलिन थ्रो छात्रा तर्फ अदिती कुशवाह (९) प्रथम, इशानी रौनियार (९) दित्तिय र श्रद्धा पौडेल (८) तृतिय हुँदा छात्र तर्फ कक्षा ९ का आदित्य साह प्रथम, अभय थापामगर दित्तिय र धर्मेश चौधरी तृतिय भए ।

लङजम्प छात्रामा कक्षा ९ का दक्षता चौधरी प्रथम, आश्ना सेढाईं दित्तिय र अभिलाशा भगत तृतिय हुँदा महमद अरमान (९) प्रथम, अर्गल चौधरी (८) दित्तिय र निश्चय कोइराला (९) तृतिय भए।

ट्रिपल जम्प छात्रामा कक्षा ९ की जेनिशा थापा प्रथम तथा कक्षा ८ का साइरा कार्की दित्तिय र रोश्नी ओझा तृतिय भइन् भने छात्र तर्फ कक्षा ९ का राहुल यादव प्रथम तथा कक्षा ८ का समिरकुमार साह दित्तिय र अस्वीन चौहान तृतिय भए ।

सटपुटमा छात्रा तर्फ कक्षा ९ का आन्या कोइराला प्रथम, समृद्धि अधिकारी दित्तिय र सिद्धि साह तृतिय हुँदा छात्र तर्फ अभय थापा मगर(९) प्रथम, प्रिन्स रावजंशी (८) दित्तिय र अक्षत यादव (९) तृतिय भए ।

यसअघि कक्षा ६ र ७ को समूहको म्याथ रेस छात्रमा आशुतोश कोइराला (६( प्रथम, आरुष भण्डारी (६) दित्तिय र शोभन चौधरी (७) तृतिय हुँदा छात्रामा वेदिका सन्थलिया(७) प्रथम, आरोही गुप्ता (६) दित्तिय र किन्जल भारध्वज (७) तृतिय भए ।

लङजम्पमा छात्र तर्फ सक्षम मण्डल(७) प्रथम, रितिक कुमार यादव (६) दित्तिय र सर्वज्ञ घिमिरे (७) तृतिय हुँदा छात्रा तर्फ कक्षा ७ का निबिशा भट्टराई प्रथम, आश्ना कटुवाल दित्तिय र आरवी पौडेल तृतिय भए।

ट्रिपल जम्प छात्रमा कक्षा ७ का सक्षम मण्डल प्रथम, प्रशन्नदीप मग्रान्ती दित्तिय र बिराज भण्डारी तृतिय हुँदा छात्रामा पनि कक्षा ७ कै राज्यलक्ष्मी खत्रि प्रथम, रिभा यादव दित्तिय र आश्ना कटुवाल तृतिय भइन् ।

१०० मिटर दौडको छात्रा तर्फ कक्षा ७ की कुसुम अधिकारी प्रथम, कक्षा ६ की रिज्मा चौधरी दित्तिय र युदिता श्रेष्ठ तृतिय भइन । १०० मिटर दौड छात्र तर्फ कक्षा ६ की सशीत खत्री प्रथम, कक्षा ७ का सर्वज्ञ घिमिरे दित्तिय, कक्षा ७ का तनिस्क राठी तृतिय भए ।

२०० मिटर दौड छात्र तर्फ कक्षा ७ कै रुबेन सरदार प्रथम, सर्वज्ञ घिमिरे दित्तिय र जेशन रेग्मी तृतिय भए । छात्रा तर्फ कक्षा ६ की अनुसुया भण्डारी प्रथम, कक्षा ६ कै सुजुका श्रेष्ठ दित्तिय र कक्षा ७ की उर्वी गिरी तृतिय भइन ।

१०० गुणा ४ रिलेमा कक्षा ७ का प्रज्ञान नेपाल सम्पन्न मण्डल, सक्षम राज श्रेष्ठ र कक्षा ६ का सशीत खत्रीको समूह प्रथम हुँदा कक्षा ७ का प्रशन्न दीप मगराती, तनिश राठी, कक्षा ६ का समिर मण्डल र प्रियांशु साहको समूह भए। यस्तै कक्षा ७ का अतिफ दिलसाद र कक्षा ६ का रितिक यादव, जिकेश भट्टराई र कृष्ण शर्माको समूका तृतिय भयो ।

छात्रा तर्फको १०० गुणा ४ रिलेमा कक्षा ७ का आरोही दाहाल, नेहा माझी, रोचेली गिरी र कक्षा ६ की रिज्मा चौधरीको समूह प्रथम हुँदा कक्षा ७ का दिब्यांशी कटुवाल, श्रुती यादव, कुसुम अधिकारी र कक्षा ६ की ग्रीनसन श्रेष्ठको समूह दित्तिय बन्यो भने कक्षा ७ की श्रीयोन गुरागाईं, उर्वी गिरी, कृष्टिना कामत र कक्षा ६ कि सृष्टि गुप्ताको समूह तृतिय बन्यो ।