नेपाल उद्योग परिसंघ, कोशी प्रदेशद्धारा बुढीगंगा गाउँपालिकालाई ५० थान ब्लाङ्केट हस्तान्तरण

विराटनगर २९ पुस । नेपाल उद्योग परिसंघ, कोशी प्रदेशले सामाजिक उत्तरदायित्व अन्र्तगत बुढीगंगा गाउँपालिकालाई ५० थान ब्लाङ्केट हस्तान्तरण गरेको छ ।

तराइमा बढी रहेको शितलहर र जाडोको समयमा स्थानीय सिमान्त बर्गका नागरिकहरुलाई न्यनो कम्बल सहयोग गरिदिन बुढीगंगा गाउपालीकाका प्रमुख जीत नारायण थापाको अनुरोधमा जाडोयामको समयमा आवश्यक परेका सिमान्त,विपन्न तथा असहाय नागरिकहरूलाई जाडो र शीतलहरको समयमा सहयोग पुगोस् भन्ने उद्धेश्यले उक्त कम्बलहरू बुढीगंगा गाउँपालिकाका प्रतिनिधिहरूलाई सोमबार हस्तान्तरण गरिएको छ ।

नेपाल उद्योग परिसंघ, कोशी प्रदेशको सचिवालयमा गरिएको हस्तान्तरण कार्यक्रममा कम्बलहरु हस्तान्तरण गर्दै परिसंघका महानिर्देशक बिजयहरी शर्माले समुदायसँग सहकार्य गर्दै यस्ता सामाजिक कार्यलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बुढीगंगा गाउँपालिकाका प्रतिनिधिहरूले सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यसले लक्षित वर्गलाई प्रत्यक्ष राहत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।