
विराटनगर ८ असोज । नागरिकको सुरक्षाप्रति प्रतिबद्ध रहेको मोरङ प्रहरीले जनाएको छ । गत भदौ २३ र २४ गते जेनजीको आन्दोलनका कारण असुरक्षित महसुस गरेका नागरिकहरुका लागि सुरक्षा दिन प्रतिबद्ध रहेको मोरङ प्रहरीका प्रमुख प्रहरी उपरिक्षक कबित कटवालले बताउनुभयो ।
मोरङ प्रहरीको जिम्मेवारी सम्हालेपछि आज विहान आयोजित सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा प्रहरी उपरिक्षक कार्कीले चाडपर्व निर्धक्क रुपमा मनाउने वातावरण बनाइने बताउनुभयो । उहाँले भन्नुभयो,‘ चाडपर्व शुरु भईसकेको छ । निर्धक्कसँगले चाडपर्व मनाउने बातावरण बनाउँछौं ।’ उहाँले सीमा क्षेत्रमा पनि निगरानी बढाईने बताउनुभयो ।
जेनजीको आन्दोलनका क्रममा आजगनी, लुटपाट र तोडफोडमा संलग्नहरुको सूचना प्रहरी कार्यालयमा आउने क्रममा रहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘ सूचना संकलन भईरहेको छ । आजगनी, लुटपाट र तोडफोडमा संलग्नहरुलाई कारवाही गर्छौं ।’
प्रहरी प्रमुख कार्कीले सही सूचना सम्प्रेषण गर्नका लागि पनि आग्रह गर्नु भएको छ । प्रहरीमा आधिकारिक रुपमा बुझेर मात्रै सूचना सम्प्रेषणका लागि उहाँले आग्रह गर्नुभयो ।
जिल्लामा शान्ति सुरक्षा, चोरी,तस्करी र अन्य अपारधिक क्रियाकलापबाट प्रहरी सचेत एवं संवेदनशील रहेको भन्दै समाजलाई असर गर्ने क्रियाकलापमा प्रहरी निर्मम ढङ्गले अघि बढने कुरामा उहाँले जोड दिनुभयो ।
प्रहरी उपरीक्षक कटवालले विगटको घटनाबाट पाठ सिकेर अघि बढ्न सबैको साथ र सहयोगको अपेक्ष गर्दै प्रहरीहरु जनताको सेवामा २४सै घण्टा समर्पित रहने कुरामा विश्वस्त रहन आग्रह गर्नुभयो ।