सुन्दरहरैचा प्याब्सनद्धारा नगरपालिकालाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण

विराटनगर ७ असोज । जेनजी आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनीबाट क्षतिग्रस्त भएको मोरङको सुन्दरहरैचा नगरपालिकालाई प्याब्सन नगर कार्यालयले आज कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरिएको छ ।

सुन्दरहरैचा नगर कार्यालयले नगरपालिकालाई ६ थान कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको हो । नगरको सेवा प्रवाहमा सहजता ल्याउनका लागि सुन्दरहरैचा प्याब्सनका तर्फबाट कम्प्युटर हस्तान्तरण गरिएको नगर अध्यक्ष दीपक केसीले जानकारी दिनुभयो ।

नगर अध्यक्ष केसी, प्याब्सनका केन्द्रीय उपाध्यक्ष टिकाराम ढकाल, प्याब्सन मोरङका पूर्व अध्यक्ष अर्जुन वस्नेत लगायतको नगर प्रमुख केदारप्रसाद गुरागाँइ, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गर्नु भएको थियो ।

यसैवीच सुन्दरहरैचा नगरपालिकाको शिक्षा शाखाका लागि सुन्दरहरैचाको सिद्धार्थ सेकेन्डरी बोर्डिङ स्कुलले एक एक थान कम्प्युटर र प्रिन्टर उपलब्ध गराएको छ ।