
विराटनगर १५ जेठ । विराटनगर महानगरपालिकाले गणतन्त्र दिवसको अवसमा वृक्षारोपण कार्यत्रक्रमको आयोजना गरि मनाएको छ ।
“१८ औं गणतन्त्र दिवस २०८२“ को अवसरमा बिहिबार पार्टी कार्यालय पाञ्चाली अगाडिको सडक छेउ छेउमा वृक्षारोपण गरिएको विराटनगर महानगर कमिटीका सचिव विज्ञान चापाँगाईले जानकारी दिनुभयाृ ।
विराटनगर महानगरपालिकाका अध्यक्ष बलराम गिरीको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रिय सदस्य एवं मोरङ ईन्चार्ज जीवन घिमिरेको प्रमुख आतिथ्यतामा भएको वृक्षरोपण कार्यक्रममा घिमिरेले रचनात्मक कार्यक्रम गरेर गणतन्त्र दिवस मनाएकोमा महानगर कमिटीलाई धन्यवाद दिनुभयाे ।
वृक्षारोपण कार्यक्रममा एमाले केन्द्रीय सदस्य रामलाल साह, केन्द्रिय सल्लाहकार परिषद सदस्य बिनोद ढकाल, कोशी प्रदेश कमिटी सचिवालय सदस्य एवं महानगर कमिटी ईन्चार्ज पर्शुराम बस्नेत, प्रदेश कमिटी सदस्य सरस्वती खरेल, सन्तोशी श्रेस्ठ, जिल्ला कमिटी अध्यक्ष अजम्बर राई, जिल्ला कमिटी उपाध्यक्ष सागर थापा, जिल्ला कमिटी सचिव सोमराज थापा, जिल्ला कमिटी उपसचिव उषा झा, विराटनगर महानगरपालिका उपप्रमुख, सिल्पा निराला कार्की जिल्ला सचिवालय सदस्य, जिल्ला सदस्य सहभागिता रहेको थियो ।