
विराटनगर १२ जेठ । मानगढ खानेपानी आयोजना व्यवस्थापन गरिरहेको विराट खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा लालमणि भट्टराई निर्वाचित हुनु भएको छ ।
नेकपा एमाले संस्थापन पक्ष र नेपाली कांग्रेस उम्मेदवारलाई पराजित गर्दै एमाले बिद्रोही समूहबाट भट्टराई अध्यक्षमा निर्वाचित हुनु भएको हो । आज विहान घोषित अन्तिम परिणाम अनुसार अध्यक्षका उम्मेदवार भट्टराईले १ हजार ८८९ मत प्राप्त गर्नुभयो ।
वर्तमान अध्यक्ष रामबहादुर घिमिरेले १ हजार १५४ मत प्राप्त गर्नुभयोे । दुर्गा चापागाईँले ६३५ मत प्राप्त गर्नुभयो । खानेपानीको उपभोक्ता समितिको महिला उपाध्यक्षमा सावित्रा पोखरेल निर्वाचित हुनुभयो । खुला उपाध्यक्षमा भोलानाथ घिमिरे निर्वाचित हुनुभयो ।
सचिवमा प्रदीपकुमार नेपाल र कोषाध्यक्षमा सरोज घिमिरे निर्वाचित हुनुभयो । मानगढ खानेपानी आयोजना अन्तरगत ५ हजार ९ सय ८८ उपभोक्ता मध्ये शनिबार भएको निर्वाचनमा ३ हजार ९६४ जनाले मतदान गरेका थिए ।