विराटनगर ट्रक व्यवसायी संघको पदस्थापन कार्यक्रम

विराटनगर ६ वैशाख । विराटनगर ट्रक व्यवसायी संघको १७ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम शुक्रबार साँझ सम्पन्न भएको छ ।

चैत २९ र ३० गते विराटनगरमा सम्पन्न ३३ औं बार्षिक साधारणसभा तथा १७ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम गरिएको हो । पदस्थापन कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सञ्जीव सिग्देलले विराटनगर ट्रक व्यवसायी संघलाई नयाँ गति दिने बताउनुभएको छ । संघ यूवाको नेतृत्वमा आएकाले संघलाई आगामी दिनमा गतिशिल बनाईने प्रतिबद्धता जनाउनुभयो ।
अधिवेशनले अध्यक्षमा सञ्जीव सिग्देल, उपाध्यक्षमा अशोक पोद्दार, महासचिवमा रमेश श्रेष्ठ, सचिव रामचन्द्र दाहाल र कोषाध्यक्ष खगेन्द्र सिग्देल र सदस्यहरुमा दिलीप धाडेवा, दिनेश सिग्देल, युवराज श्रेष्ठ, ध्रुवप्रसाद काफ्ले, वीरबहादुर गिरी, तुलसी पोखरेल र मेघबहादुर अधिकारीलाई निर्वाचित गरेको थियो ।

नव निर्वाचित कार्यसमितिलाई संघका निवर्तमान अध्यक्ष लोकनाथ पोखरेलले पदस्थापन गराउनु भएको थियो ।

पदस्थापन कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी, आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष मेघराज सिग्देल, महासचिव राजेन्द्र विक्रम बानिया र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतलगायतको सहभागिता रहेको थियो ।