दन्त सामग्री बितरक संघले काठमाडौंमा तेस्रो ‘नेपडेन्ट’ सम्मेलन गर्दै

विराटनगर, ३ बैशाख । दन्त सामाग्रीहरुको उत्पादन बारे जानकारी दिने उद्देश्यले नेपाल दन्त सामाग्री वितरकहरुको संघ (एनडिडिए) ले आगामी बैशाख ५, ६ र ७ गते काठमाण्डौमा अन्तर्राष्ट्रिय स्तरको तीन दिने ‘नेपडेन्ट–२०२५’ सम्मेलन आयोजना गर्ने भएको छ ।

एनडिडिएले यो सहित नेपालमा तेस्रोपटक यस प्रकारको सम्मेलन भुकुटीमण्डपमा गर्न लागेको संघका केन्द्रीय सचीव निरन्जन खतिवडाले जानकारी दिनुभयो । तीन दिनसम्म संचालन हुने सो सम्मेलनमा ५ हजार भन्दा बढी अवकलोनकर्ताहरुले अवलोकन गर्ने सचिव खतिवडाले बताउनुभयो ।

करिब ९० भन्दा बढी स्टल रहने सो सम्मेलनमा दन्त चिकित्सा क्षेत्रमा कार्यरत व्यक्तिहरुलाई दन्त सामाग्री र उत्पादनकाबारेमा जानकारी दिइने उहाँले बताउनुभयो । सम्मेलनमा दन्त चिकित्सक, डेन्टल कलेजका विद्यार्थीहरु, डेन्टल हस्पिटलका संचालकहरु, डेन्टल क्लिनिक, डेन्टल ल्याब लगायत डेन्टल संघसँग सम्बन्धितहरुको उपस्थिति रहने संघका केन्द्रीय सदस्य तथा कोशी प्रदेश संयोजक हरिराज रेग्मीले जानकारी दिनुभयो ।

हालसम्म नेपालमा दन्त सामग्री आपूर्तिको क्षेत्रमा ४८ संस्थाहरुले काम गर्दै आइरहेका जानकारी दिंदै रेग्मीले यसभन्दा अघि संघले भृकुटीमण्डपमै यस प्रकारको सम्मेलन सम्पन्न गर्दै आएको बताउनुभयो ।