
विराटनगर २८ चैत । संचारिका समूह कोशी प्रदेशको आयोजनामा तीन दिने “कृत्रिम बौद्धिकता एआई सम्बन्धी तालिमको सुरु भएको छ।
बिहीबार देखि बिराटनगरमा सुरू भएको तालिममा कोशी प्रदेशका १४ जिल्लाबाट ३७ जना महिला पत्रकारहरुको सहभागीता रहेको छ ।
सञ्चारिका समूह कोशी प्रदेश द्वारा सञ्चालित यस तालिमको उद्देश्य महिला पत्रकारहरूलाई आधुनिक प्रविधि, विशेष गरी कृत्रिम बौद्धिकता को प्रयोग, प्रभाव र सम्भावनाबारे जानकारी दिनु तथा पत्रकारितामा प्रविधिको उपयोगका लागि सक्षम बनाउनु रहेको आयोजकले जनाएका छन्।
तालिममा अनुभवी प्रशिक्षकहरूद्वारा सहभागीहरूलाई एआई को आधारभूत सैद्धान्तिक जानकारी, व्यावहारिक प्रयोग, फेक न्युजको पहिचान, समाचार संकलनमा एआइको उपयोगलगायत विषयमा प्रशिक्षण दिइएको थियो।
कार्यक्रममा सहभागी महिला पत्रकारहरूले तालिमबाट आफूहरूले महत्वपूर्ण सीप र ज्ञान हासिल गरेको अनुभव सुनाउँदै आगामी दिनमा अझ प्रभावकारी र प्रविधिमैत्री पत्रकारिता गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए।
सञ्चारिका समूह कोशी प्रदेशले आगामी दिनहरूमा पनि यस्ता प्रविधिमूलक तालिमहरू सञ्चालन गर्दै लैजाने योजना रहेको जानकारी दिएको छ।