विराटनगर, ५ असार । नेपाल स्काउट ७१ औं स्थापना दिवसको अवसरमा विराटनगर स्काउट समितिले सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरेको छ ।
स्थापना दिवसको अवसरमा परोपकारघाट विराटनगर वडा नं १ मा ७१ वटा विरुवा रोपिएका विराटनगर स्काउट समितिका सदस्य तुलसी घिमिरेले जानकारी दिनुभयो । कार्यक्रममा विराटनगरका विभिन्न विद्यालयका करिब २०० स्काउट विद्यार्थी र विराटनगर ओपन ट्रुपका रोभर रेञ्जरहरुको सहभागिता रहेको थियो ।
बृक्षारोपण कार्यक्रममा स्काउटका राष्ट्रिय साहायक प्रशिक्षक नवलप्रसाद उपाध्याय, प्रदेश समिति सदस्य भाष्कर खनाल लगायतको उपस्थिति रहेको घिमिरेले बताउनुभयो ।