
विराटनगर २४ चैत । माइती नेपालको ३३ औं वार्षिक उत्सवको अवसरमा आज विभिन्न वडा तथा समुदायका किशोरी तथा महिलाहरुलाई मानव वेचविखन तथा ओसार पसार विरुद्धको कानुनी विषगत अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा माइती नेपाल विराटनगरका संयोजक विनोद पोखरेलले माइती नेपालको वारेमा जानकारी गराएर कार्यक्रमको शुरुवात गर्नुभएको थियो । राष्ट्रिय वाल अधिकार परिषद १०४ प्रदेश समन्वय अधिकृत सुमन अधिकारीले हराएको वालवालिकाहरुलाई कहाँ र कसरी खोजतलाश गर्ने उनीहरुको संरक्षण र उनीहरुलाई हामीले के कस्ता खालको ज्ञान दिन आवश्यक छ, सचेत कसरी गराउने , अभिभावकले आफ्नो भुमिका कसरी गर्न सकिन्छ र किशोर किशोरीहरुले सचेत हुनु पर्ने विषयहरु के के हुन् भन्ने विषयमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा मनोपरामर्शकर्ता गिताञ्जली शर्माले मानव वेचविखन र यसको वदलिदो स्वरुप र हामी यसमा सचेत कसरी रहन सकिन्छ भन्ने विषयमा अवगत गराउनु भएको थियो । समाजमा चलि रहेको जल्दोवल्दो विकृतीहरु, समाजिक संजालका विकृती विदेशीने विभिन्न कारणहरुलाई मध्यनजर गरी कार्यक्रममा अभिमुखिकरण गरिएको कार्यक्रम संयोजक पोखरेलले बताउनुभयो ।
सहभागिहरुले मानव वेचविखन तथा ओसारपसार विरुद्धको कानुनी अभिमुखिकरण आवश्यकता रहेको र यसलाई निरन्तरता दिनुपर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा २३ जना किशोरी तथा महिलाहरुको सहभागिता रहेको थियो ।