
उर्लाबारी, १४ चैत । नयाँ नेतृत्व चयन गर्ने गरि हुने नेकपा एमाले उर्लाबारीको नगर अधिबेशन आगामी चैत २६ गते मंगलबार गर्ने निर्णय भएको छ ।
बिहिवार उर्लाबारी ३ स्थित नगर पार्टी कार्यालयमा बसेको नगर कमिटीको पुर्ण बैठकले नगर अधिबेशनको मिति टुंगो लगाएको हो ।
बैठकमा प्रमुख अतिथी एमाले केन्द्रीय अनुशासन आयोग सदस्य लक्ष्मीदेवी भण्डारी, एमाले प्रदेश कमिटी सदस्य एवम् नगर इन्चार्ज भिष्मा रेग्मी, एमाले जिल्ला सचिवालय सदस्य तथा प्रदेश सांसद् उमाकान्त गौतमले सम्बोधन गर्नुभएको थियो ।
एमालेको नगर अधिबेशनका लागि वडा शाखा कमिटी र जनसंगठनबाट गरि २ सय बढी प्रतिनिधि चयन हुनेछन् । बैठकले नगर अधिबेशनमा सचिव गोपालप्रसाद रिमालले प्रस्तुत गर्ने सांगठनिक तथा उपसचिव भरतमणि गौतमले प्रस्तुत गर्नुहुने आर्थिक प्रतिवेदन सुझाबसहित पारित गरेको छ ।
बैठकले नगर अधिबेशनका लागि निर्वाचन, व्यवस्थापन, प्रचारप्रसार, आर्थिक लगायतका समिति समेत बनाएको नगर अध्यक्ष गंगाप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो ।