
विराटनगर ५ चैत । मोरङको धनपालथान गाउँपालिका–७ कद्मा मुस्लिम टोलमा भएको आगलागीमा परि एक बालिकाको मृत्यु भएकाे छ ।
स्थानीय ३ वर्षीया छोरी रेश्मा खातुनको जलेर मृत्यु भएको रहेको प्रहरीले जनाएको छ ।
आगलागी विद्युत् सर्ट भइ भएको भन्ने सूचना पाउन साथ प्रहरी घटनास्थल पुगेको थियो । तर, अत्याधिक घाम, र हावाका कारण आगो नियन्त्रणमा समस्या हुँदा उक्त टोलका १२ घर जलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
आगलागि दिउँसो १२ः३० बजेबाट सुरु भएको थियो । आगलागी नियन्त्रणमा लिन स्थानीय, प्रहरी, रंगेली नगरपालिका, कानेपोखरी गाउँपालिका, बेलबारी नगरपालिका, पथरी शनिश्चरे नगरपालिका र विराटनगर महानगरपालिकाका ५ वटा दमकल घटनास्थल पुगेका थिए ।
आगलागि नियन्त्रणमा नेपाली सेनाको टोली पनि खटिएको छ ।