शिक्षादीपका विद्यार्थीले बनाएको रोबर्टसँग मुख्यमन्त्री कार्कीको बार्तालाप

विराटनगर २७ माघ । शिक्षादीप कलेज विराटनगरका विद्यार्थीले वार्तालाप गर्ने रोबर्ट बनाएका छन् । ६ दिने कार्यशालामा विद्यार्थीले कन्भरसेसन गर्ने रोबर्ट बनाएका हुन । रोबर्टसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वार्तालाप गर्नुभएको थियो ।

शिक्षादीप कलेजले कोड हिमालय र द स्क्वाड चेन्ज मेकरसँगको प्राविधिक सहयोगमा विद्यार्थीका लागि आयोजना गरेको ६ दिने रोबोटिक्स खगोल विज्ञान उड्ययन र आईटी कार्यशालामा विद्यार्थीले बनाएका रिमोटबाट उड्ने प्लेन, स्याटेलाईट, रोबर्ट, ड्रोनहरुहरुको आज प्रदर्शनी गरिएको छ ।

विद्यार्थीले ६ दिनमा कन्भरसेन गर्ने ठुलो रोवर्ट बनाएको द स्क्वाड चेन्ज मेकरका सिईओ सुशीलदेव भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यशालामा सहभागि ६० विद्यार्थीले ६ दिनमा रिमोटबाट उड्ने प्लेन, स्याटेलाईट, रोबर्ट, ड्रोनहरु बनाउन सक्नु कार्यशालाका ठुलो उपलब्धी भएको भट्टराईले बताउनुभयो ।

कार्यशालाको आइतबार समापन कार्यक्रममा प्रिन्सिपल ज्ञानबहादुर खड्काले शिक्षादीप कलेजलाई नेपालकै ठुलो कलेज बनाउने उद्देश्य रहेको बताए । विराटनगरका बोर्डिङ स्कुल तथा कलेजका प्रिन्सिपलहरु सहितको कार्यक्रममा खड्काले राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्क अनुसार लगातार ४ वर्षदेखि विद्यार्थी भर्नामा शिक्षादीप कलेज एक नम्बरमा रहेको बताउनुभयो । शिक्षादीप कलेजले २ सय विद्यार्थीलाई निःशुल्क रूपमा अध्ययन गराइरहेको र केही विद्यार्थीलाई कलेजको पोशाक समेत उपलब्ध गराएको उहाँले बताउनुभयो । मेडिकल इन्जिनियरिङ तर्फ पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने सूचीमा शिक्षादीप कलेजका विद्यार्थी अगाडी रहेको प्रिन्सिपल खड्काले बताउनुभयो ।

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तीनै तहका सरकारले विद्यार्थीहरूका नयाँ अविष्कारलाई सहयोग गरी प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री कार्कीले विकासको परिभाषा बाटो, पुल र भवनमात्र नभई मानव संसाधन, सूचना प्रविधिको विकास महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले विद्यार्थीहरूको सूचना प्रविधि आविष्कारलाई बजारीकरण गरी राष्ट्रिय पुँजी टेवा पुर्याउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, कोशी प्रदेश सभाका सांसद एवं शिक्षादीप कलेजका अध्यक्ष भीम पराजुली, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय एसोसिएसन नेपाल (हिसान) का केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट) का सह प्राज्ञ डा. इन्द्रमणी भगत, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव लगायतलेले शिक्षादीपले गरेको प्रगतिको प्रशंशा गर्नु भएको थियो ।

कार्यक्रममा कक्षा ११ को वार्षिक परीक्षामा विज्ञान सङ्कायतर्फ प्रथम हुने रचिता दंगाल, रुसन दाहाल, कक्षा ११ कै व्यवस्थापन सङ्कायतर्फ प्रथम हुने नेन्सी राजवंशी, रोशनकुमार महतो, कलेजका शिक्षक राजेन्द्रप्रसाद यादव र सौगात भट्टराई, कर्मचारी दिपा बस्नेत केसी र दयाराम रिमाललाई सम्मान गरिएको थियो ।