![](https://arunkhabar.com/wp-content/uploads/2024/10/UML-MORANG-1024x576.jpg)
विराटनगर २३ माघ । नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशन आगामी फागुन १७–१९ सम्म विराटनगरमा हुँदै छ । जिल्ला अधिवेशनका लागि संगठन कमिटीका अध्यक्ष बाबुराम कार्कीको अध्यक्षतामा मुल समिति र विभिन्न १० वटा उपसमिति बनाईएको छ ।
माघ १४ गते विराटनगरमा वसेको संगठन कमिटीको तेश्रो बैठकले अध्यक्ष कार्कीको अध्यक्षतामा जिल्ला कमिटी रहने गरि मुल समिति गठन गरिएको हो । संगठन कमिटीको बैठकले आर्थिक व्यवस्थापन, स्वयंसेवक, प्रचारप्रसार, मञ्च व्यवस्थापन, अतिथि सत्कार, राजनीतिक प्रतिवेदन लेखन, सांगठनिक प्रतिवेदन लेखन, खाध्य तथा आवास व्यवस्थापन, प्रतिनिधि व्यवस्थापन र स्वास्थ्य उपसमिति गठन गरेको छ ।
आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा राजन भण्डारी, सदस्यहरुमा गिरेन्द्र कार्की, मनोजविक्रम शाह, रमेश कोइराला , अभिषेक केडिया, राजेश बगडिया, अरुण राठी, भूपाल श्रेष्ठ, निरज ढकाल राजकुमार श्रेष्ठ र दिलसाद आलम रहेका छन् ।
स्वयंसेवक उपसमितिको प्रमुखमा शान्तिकुमारी लिम्वु, उपप्रमुखमा नविन पौडेल र सदस्यहरुमा नवराज पोखरेल (नवल), रोहित कोइराला र जिल्ला संगठनका अध्यक्षहरु, प्रचारप्रसार उपसमितिमा सन्तोष बान्तवा प्रमुख, मीनकुमार आचार्य उपप्रमुख , सदस्यहरुमा किशोर विक, संजोग लुइँटेल, भोला पौडेल रहेका छन् ।
मञ्च व्यवस्थापन उपसमितिमा सन्तोष साह प्रमुख र सदस्यहरुमा मनोज विक्रम शाह, बलराम गिरी, अर्जुन बोगटी, बीरेन्द्र घिमिरे, निराजन ढुङ्गाना, अतिथि सत्कार उपसमिति प्रमुखमा शिल्पा निराला कार्की, सदस्यहरुमा गुणवति धामी,कृष्णकुमारी निरौला, मीना पौडेल, भोला अधिकारी, अकली चौधरी, मनमाया मगर, भुमा पराजुली, मीरादेवी दास, देवीमाया काफ्ले, दमयान्ता चुँडाल र सीतादेवी राजवंशी रहेका छन । सो उपसमितिमा मोरङका स्थानीय तहका उपप्रमुखहरुलाई जिम्मेवारी दिईएको छ ।
राजनीतिक प्रतिवेदन लेखन उपसमितिको प्रमुखमा जिल्ला संगठन कमिटीका अध्यक्ष बाबुराम कार्की, सदस्यहरुमा यज्ञ शर्मा, तारा निरौला, इरान राई, लीला रिजाल, उषा झा र संजोग लुइँटेल रहेका छन् । सांगठनिक प्रतिवेदन लेखन उपसमिति प्रमुखमा रविन थापा र सदस्यहरुमा अग्नी भट्टराई, गोपाल थापा, भोला अधिकारी, रामबहादुर घिमिरे, मकर बुढाथोकी, पुनम सापकोटा, सीता तामाङ, शुशिल बुढाथोकी, कृष्ण गुरुङ, मिलन घिमिरे र मनोज राई रहेका छन् ।
खाध्य तथा आवास व्यवस्थापन उपसमितिको प्रमुखमा राधेश्याम कट्टेल र सदस्यहरुमा नवराज उपाध्याय (नवल), सुरज श्रेष्ठ, राजन कडँेल, राजु धमला, र सुर्य निरौला रहेका छन् ।
प्रतिनिधि व्यवस्थापन उपसमिति प्रमुखमा रविन थापा र सदस्यहरुमा शान्तिकुमारी लिम्वु, सन्तोष साह, सोमराज थापा, शंकर थापा, अग्नि भट्टराई, गोपाल थापा, भोलानाथ अधिकारी, रामबहादुर घिमिरे, पुनम सापकोटा र मकर बुढाथोकी रहेका छन् ।
स्वास्थ्य उपसमिति प्रमुखमा मनोज विक्रम साह, सदस्यहरुमा लोकबहादुर कार्की, निमा वस्नेत, राधा मण्डल र प्रदुमन मेहता रहेका छन् ।