बेरोजगार यूवाहरुलाई लक्षित गरि मोरङको कटहरी गाँउपालिकाद्धारा हलुका सवारी चालक तालिम सञ्चालन

विराटनगर, २० माघ । मोरङको कटहरी गाँउपालिकाले हलुका सवारी चालक तालिम दिन शुरु गरेको छ ।

बेरोजगारीका कारण धेरै युवाहरु विदेशीने गरेका कारण अन्तराष्ट्रिय श्रम बजारमा अत्यधिक माग भएको हलुका सवारी चालकका लागि दक्ष र सक्षम युवाहरु उत्पादन गर्ने उद्देश्यले कटहरी गाँउपालिकाले तालिम आयोजना गरेको अध्यक्ष देवराज चौधरीले जानकारी दिनुभयो ।

कटहरी गाँउपालिका वडा नं. ५ मा आयोजित एक कार्यक्रम बीच तालिमको उद्घाटन गर्दै अध्यक्ष चौधरीले युवाहरुलाई स्वरोजगार बनाउन पालिकाले विभिन्न तालिमहरु आयोजना गरिरहेको र यसै क्रममा हलुका सवारी चालक तालिम दिन लागिएको बताए । कटहरी गाँउपालिकाको करिब ५ लाख रुपैया सहयोगमा आयोजना गरिएको निशुल्क हलुका सवारी चालक तालिममा ७ वटा वडाका २५ जना सहभागि भएका छन् । रोजगारीको अवसर प्राप्त हुने भएकाले आफुहरु तालिममा सहभागि भएको प्रशिक्षार्र्थीहरुले बताएका छन् । उनिहरुले निशुःल्क तालिम लिए पछि आप्mनै देशमा रोजगार गरेर बस्ने बताउनुभयो ।

मेची टेक्निकल इस्टिच्युट दमकको सहकार्यमा उनीहरुलाई २१ दिने ड्राइभिङ तालिम दिइने बताइएको छ ।