प्राविधिक शिक्षाको विकासमा सरकारले प्रभावकारी लगानी गर्नुपर्छ : डा.शेखर कोइराला

विराटनगर, १७ माघ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्राविधिक शिक्षाको विकासमा सरकारले प्रभावकारी लगानी गर्नुपर्ने वताउनु भएको छ ।

बुधबार कृष्णप्रसाद कोइराला सेवागुठी तथा सिटिइभिटि को साझेदारीमा सञ्चालित शैलजा आचार्य स्मृर्ति पोलिटेक्निकको २३ औं वार्षिकउत्सव तथा अभिभावक दिवसका अवसरमा वोल्दै डा.कोइरालाले यस्तो वताउनु भएको हो । उहाँले अहिले पनि राज्यले प्राविधिक शिक्षा दिने संस्थाहरुमा समुचित लगानी गर्न नसकेको वताउनुभयो । शैलजा आचार्यले त्यसवेला ग्रामिण वस्तिमा पोलिटेक्निक खोलेर बहुप्राविधिक शिक्षा दिन खोज्नु, गरिव, अतिविपन्न परिवारका विद्यार्थी पढ्ने वातावरण वनाउनु आफैमा उदारणीय भएको कोइरालाले बताए । वैचारिक, शैक्षिक, सामाजिक र राजनैतिक क्षेत्रमा शैलजा आचार्यले दिनुभएको योगदान अतुलनिय रहेको उहाँको भनाइ थियो ।

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्र्कीले शैलजा आचार्यले सोच्नु भएको दीर्घकालिन सोचका कारण ग्रामिण क्षेत्रका विपन्न विद्यार्थीहरुले पनि प्राविधिक शिक्षा हासिल गरी रोजगार बन्न सफल भएको बताउनुभयो । कोशी प्रदेशका सांसद गयानन्द मण्डलले शैलजा आचार्य पोलिटेक्निकले ग्राम बस्तिमा रहेर प्राविधिक शिक्षा पढ्न चाहनेहरुको सपना पुरा गरेको वताउनुभयो ।

पोलिटेक्निक अध्यक्ष मीता आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा जहदा गाउँपालिका उपाध्यक्ष हना सुरेन,गुठीका कोषाध्यक्ष मोहनलाल महत्तो, गुठीका सदस्य विकास पराजुली, जवाहर लाल मण्डल, समाजसेवी पुनम कोइराला, ज्योती आचार्य लगायतको सहभागिता रहेको थियो ।