विराटनगर २८ पुस । जीवन विकास लघुवित्त वित्तीय संस्थाको छैंठौं साधारणसभाले बोनस सेयरको वितरणको प्रस्ताव पारित गरेको छ ।
आइतबार केन्द्रीय कार्यालय कटहरीमा भएको साधारणसभाले आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । आर्थिक वर्ष २०७०/०८० को वितरण योग्य मुनाफाबाट पनि जीवन विकासले १४ प्रतिशत नै बोनस सेयर वितरण गरेको थियो ।
आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट पनि सेयर सदस्यहरुका लागि १४ प्रतिशत बोनस वितरण गरेको हो । साधारणसभाले लागि ०.७३६८ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ । यो नगद लाभांश बोनस सेयरको कर प्रयोजनसमेतका लागि हो । जीवन विकासको चुक्ता पुँजी १ अर्ब ३४ करोड ७५ लाख १८ हजार ९०० रुपैयाँ थियो । छैंटौं साधारणसभाबाट १४ प्रतिशत अर्थात १८ करोड ८६ लाख ५२ हजार ६४६ रुपैयाँ रुपैयाँ बोनस सेयर पारित भएपछि भएपछि जीवन विकासको चुक्ता पुँजी १ अर्ब ५३ करोड ६१ लाख ७१ हजार ५४६ रुपैयाँ पुगेको छ । जीवन विकास लघुवित्त वित्तीय संस्थाको कार्यक्षेत्र ३१ जिल्लामा पुगेको छ । यसअघि २४ जिल्लामा कार्यक्षेत्र थियो ।
कार्यक्षेत्र विस्तार गर्दै जीवन विकासले ३१ जिल्लामा सदस्यहरुको घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरिरहेको छ । लघुवित्तको शाखा संख्या १६० वटा छन् । १६० शाखा कार्यालय मार्फत आर्थिक वर्ष २०८०/०८१ मा ३ लाख ५२ हजार २५९ विपन्न परिवारलाई घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरेको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जानकारी दिनुभयो । जीवन विकासले अन्य बैंक सहर नै आफ्ना सदस्यहरुलाई डिजिटल सेवा प्रवाह गरिरहेको बताउनुभयो ।