राष्ट्रिय सौन्दर्यकर्मी युनियन इटहरी अध्यक्षमा पुजा भट्टराई निर्वाचित

विराटनगर २६ पुस । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) इटहरी उपमहानगर कमिटीको अध्यक्षमा पुजा भट्टराईलाई चयन गरिएको छ ।

इटहरी उपमहानगर कमिटीको पहिलो अधिवेशनले भट्टराईको अध्यक्षतामा १५ सदस्यीय नगर कमिटी निर्विरोध निर्वाचित गरेको हो ।

नगर कमिटीको उपाध्यक्षमा समीक्षा लिम्वु, सचिवमा निशा पौडेल, सहसचिवमा चन्द्रा थापा, कोषाध्यक्षमा जिना श्रेष्ठ, सदस्यहरुमा कल्पना पौडेल, संगीता श्रेष्ठ, एलिना डाँगी, प्रतिभा पौडेल, विनिता राई, मीना थापा, स्मृति चौलागाई, कल्पना सापकोटा र सम्झना थापा आचार्य निर्वाचित हुनु भएको छ । रजिना तिम्सीनालाई सल्लाहकारमा मनोनित गरिएको छ ।

कोशी प्रदेश सभा सदस्य मीना श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा नेपाल ट्रेड युनियन महासंघ जिफन्ट सुनसरी संयोजक हरी राई, नाबुन केन्द्रीय सचिवालय सदस्य ममता प्रधान, केन्द्रीय सदस्य गंगा तामाङ, नाबुन कोशी प्रदेश अध्यक्ष कला डाँगी, आर्थिक सचिव अमिता पोख्रेल, नाबुन विराटनगर महानगर अध्यक्ष भलि सुब्बा, महानगर सदस्य अनुपमा पोदार लगायत विभिन्न संघ संस्थाका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।